शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा तोड्दै गुडेको गाडीले ठक्कर दिँदा प्रहरी जवान र हवल्दारको मृत्यु

बुधबार, ०३ भदौ २०७७, १६ : २४
बुधबार, ०३ भदौ २०७७

पोखरा । पोखरामा गस्तीमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो । प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै गुडेको बोलेरोले मंगलबार राती १ बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए । 

विन्ध्यवासिनबाट जिरो किलोमिटर झर्दै गरेको मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो । डिएसपी हमालकाअनुसार ग २ च २६२६ नम्बरको बोलेरोले ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 
बोलेरोको ठक्करबाट प्रहरी जवान बगालेको गएराति नै मृत्यु भएको थियो भने गम्भिर घाइते बनेका हवल्दार थारुको पनि मृत्यु भएको छ । दुर्घटनापछि घाईते भएका दुवै जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।  बोलेरो चालक धादिङ घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना घट्नुको कारणबारे थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप