बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटको नरहरिनाथमा पहिरो, ४ जना बेपत्ता

बुधबार, ०३ भदौ २०७७, १५ : ४०
बुधबार, ०३ भदौ २०७७

 कालिकोटको नरहरिनाथ गाउँपालिका–५ मा पहिरोले पुरेर ४ जना बेपत्ता भएका छन् ।
पहिरोले रुप्सा लेकमा रहेको तुले सहकारी र धने सहकारीको गोठ बगाउँदा चारजना बेपत्ता भएका कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अविरल बर्षाको कारण बुधवार बिहान आएको पहिरोमा परेर बेपत्ता हुनेमा ६० बर्षिय चन्द्र सहकारी, २९ बर्षिया पम्फादेबी सहकारी, ३० बर्षिया भीमा सहकारी  र उनको छोरा ९ बर्षिय रमित सहकारी छन् । 
नेपाल प्रहरी र शसस्त्र प्रहरीले बेपत्ताहरुको खोजि गरिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप