अर्घाखाँचीमा एक हप्ता लकडाउन
बुधबार, ०३ भदौ २०७७, १५ : ३२

अर्घाखाँची । जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
जिल्लामा हाल तीन कोरोना संक्रमित छन् । संक्रमित हुनेमा भूमिकास्थान नगरपालिकाका दुई र शीतगंगा नगरपालिकाका एक पुरुष छन् । उनीहरु हाल स्थानीयत हले निर्माण गरेको क्वारेन्टिनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।
जिल्लामा रहेका ३३० संक्रमितमध्ये तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । निको भएर घर फर्कनेको संख्या ३२४ छ । जिल्ला बाहिर तथा भारतबाट आएका १६१ जना विभिन्न क्वारेन्टिनमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने