शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा परेर दैलेखमा दुईको मृत्युः एक बेपत्ता

बुधबार, ०३ भदौ २०७७, १५ : १४
बुधबार, ०३ भदौ २०७७

दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिराले सात घर बगाएको छ । पहिराले घर बगाउँदा  एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र  ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन् ।

मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र  दाजु १५ वर्षीय शम्शेर  घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले बताए । उनले भने, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौंँ । एक जनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।” 

बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश छन् । पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँ क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताए । कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकियो बजार पस्दा लाखौंको सरसमान बगाएको र  मान्छे भागेर सुरक्षित ठाउँमा गएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप