बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघको भर्चुअल राष्ट्रिय भेला जारी

बुधबार, ०३ भदौ २०७७, १४ : ३५
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला काठमाडौंमा जारी छ । महासंघका १० वटा प्रदेशका अध्यक्ष तथा ७७ वटा जिल्लाका अध्यक्षसहित महासंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु जुमबाट राष्ट्रिय भेलामा सहभागी छन् । नेपाल पत्रकार महासंघको वर्तमान केन्द्रीय समितिको तीन वर्षे कार्यकाल सकिएको छ । कोरोना भाइरसका कारण महाधिवेशन गरि नयाँ कार्यसमिति चयन गर्ने अवस्था नभएकाकारण विधानअनुसार ६ महिनाका लागि वर्तमान कार्यसमितिको म्याद थप्ने कि भन्ने प्रस्तावमा छलफल भइरहेको छ ।

साथै कोरोनाका कारण साउन मसान्तसम्म महासंघका थुप्रै सदस्यहरुले आफ्ना सदस्य नवीकरण गराउन नसकेको भन्दै त्यसको म्याद थप्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । साथै, तीन वर्षको शुल्क एकमुष्ट तिर्नुपर्दा कोरोनाका समयमा गाह्रो भएको भन्दै सबैतिर गुनासो आएको हुनाले त्यसको बारेमा पनि राष्ट्रिय भेलाले छलफल गर्ने बताइएको छ ।

त्यस्तै ६ महिनाभित्र जिल्ला तथा प्रदेशको अधिवेशन गरी केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि त्यसको कार्यतालिकामा पनि छलफल भइरहेको छ । साथै कोरोनाको बहानामा मिडिया हाउसबाट पत्रकारलाई निकालिएको छ, त्यसलाई पुनः फिर्ता बेलाउनुपर्ने तथा निकालिएका पत्रकारलाई तोकिएअनुसार सम्पूर्ण सुविधा दिनुपर्ने कुरा पनि जिल्ला तथा प्रदेशका अध्यक्षहरुले उठाएका छन् ।

कोरोना भाइरसका कारण जिल्लाका थुप्रै पत्रिकाहरु बन्द भइसकेको छ, कतिपय बन्द हुने अवस्थामा रहेको हुनाले सरकारले तत्कालै ती मिडियाहरुको बारेमा सोच्नुपर्ने कुरा भेलामा उठेको छ । सरकारले तत्कालै राहतको व्यवस्था घोषणा नगरे सञ्चार क्षेत्रमा ठूलो क्षति पुग्ने भएकोले यसका लागि नेपाल पत्रकार महासंघले तत्कालै पहल लिनुपर्ने अवस्था रहेको धारणा प्रतिनिधिहरुले राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप