केन्द्रीय संस्करण
कारोनाभाइरस

‘कोरोनाविरुद्धको खोपको तेस्रो चरणको ट्रायल नेपालमा गर्न दिँदा हुन्छ’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीसँगको कुराकानी

person explore access_timeभदौ ३, २०७७ chat_bubble_outline0

कोरोनाभाइरसलाई कतिपयले सामान्य भाइरस त कतिपयले खतरनाक भाइरसको रुपमा वर्णन गर्दै आएको पाइन्छ । नयाँ खालको भाइरस भएका कारण यसका बारेमा अध्ययन, अनुसन्धान भइरहेको मात्र नभई तथ्यहरु पनि फरक फरक आइरहेको पाइन्छ । अझ विश्व स्वास्थ्य संगठनले नै बोलेका कुरा केही समय पछाडि असत्य साबित भएको पनि पाइन्छ । यस अतिरिक्त कतिपय सत्य कुरालाई पनि भ्रमका रुपमा हलुका ढंगले व्याख्या गरेको पाइन्छ । कोरोनाभाइरसको खोपबारे परीक्षण भइरहेको छ । विश्वमै संक्रमण बढिरहेको र खोपको प्रतीक्षामा विश्व समुदाय रहेको अवस्थामा नेपाल जस्तो मुलुकले कसरी सहजरुपमा यसको खोप प्राप्त गर्न सक्ला, नयाँ खोप ट्रायलको रुपमा प्रयोग गर्दा कस्तो जोखिम हुन्छ भन्नेजस्ता कोरोना संक्रमणसँग जोडिएका विविध विषयमा संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीसँग रातोपाटीले गरेको कुराकानी–

के हो कोरोनाभाइरस ? के यो अहिले चर्चा गरिएजस्तो खतरनाक, ज्यानमारा र विशेष सावधानी अपनाउनुपर्ने भाइरस नभई अरु भाइरसजस्तै सामान्य भाइरस हो ? 

अहिलेसम्मको आँकडा हेर्दा प्रति एकसय जना कोरोना संक्रमितमध्ये ३ जनाको मृत्यु भएको पाइएको छ । फ्लू, इफुलुएन्जा भाइरस संक्रमणको तुलनामा कोरोनाभाइरस संक्रमण हुँदाको मृत्युदर बढी छ । सार्स र इबोलाजस्तो खतरनाक नभए पनि कोरोनाभाइरसप्रति वर्तमान समयमा हामीले सावधानी अपनाउनै पर्छ ।

सार्स लागेकामध्ये १० प्रतिशतको मृत्यु हुन्थ्यो भने इबोला रोग लागेकामध्ये झण्डै ७० प्रतिशतको मृत्यु हुन्थ्यो । तर नियमित देखिने फ्लू भाइरसजस्तो कोरोना भाइरस होइन । वृद्धवृद्धा, दीर्घरोगी जस्तैः सुगर, मुटु रोग, निमोनिया, क्यान्सरजस्ता समस्या देखिएका व्यक्तिमा कोरोना संक्रमण भए प्रति एकसय जनामध्ये १५ जनासम्मको मृत्यु भएको आँकडाले देखाएको छ । 

धुम्रपान नगर्ने, रोग प्रतिरोधात्मक क्षमता भएको व्यक्तिका लागि यो संक्रमण सामान्य लाग्न सक्ला । तर दीर्घरोगी, वृद्धवृद्धाका लागि कोरोनाभाइरस सामान्य होइन । पछिल्लो समय निरोगी तथा प्रतिरोधात्मक क्षमता भएका भनिएमा व्यक्तिको समेत कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोनाभाइरस संक्रमितका लागि अहिलेसम्म उपचार पत्ता लागेको छैन । मुख्य कुरा, समुदायमा दीर्घरोगी, वृद्धवृद्धामा तीव्ररुपमा कोरोना फैलिएमा अक्सिजन तथा उपचार, अन्य स्वास्थ्य सेवा पु¥याउन सक्ने अवस्था रहँदैन । त्यसैले पनि कोरोनाभाइरसलाई एकदमै खतरा भनिएको हो जस्तो लाग्छ ।

अहिलेकै अवस्थामा उपत्यकामा कोरोना संक्रमितलाई उपचार गर्ने आइसोलेशन बेडको अभाव हुन सक्ने चेतावनी स्वास्थ्य मन्त्रालयले नै दिँदै आएको छ । यो अवस्थामा संक्रमितको संख्या बढेर अस्पताल भरिभराउ भएको खण्डमा गम्भीर बिरामीलाई कसरी बचाउन सकिएला भन्ने समस्या पनि छ । त्यसैले कोरोनाभाइरसलाई डरलाग्दो भनिएको हो जस्तो लाग्छ ।


मुख्य कुरा हामी आफैले सावधानी अपनाउन जरुरी छ । घरमा कोही सदस्य दीर्घरोगी र वृद्धवृद्धा हुनुहुन्छ भने त्यस्ता घरका अन्य सदस्यले घरबाहिर निस्कदा सावधानी अपनाउन जरुरी छ । एकै पटक समुदायमा तीव्र रुपमा संक्रमण फैलिँदै गयो भने यो भाइरस हाम्रो लागि खतरनाक बन्न सक्छ ।


यस्तै, नेपालमा स्वास्थ्य पूर्वाधारको अवस्था, दक्ष स्वास्थ्य जनशक्तिको अवस्था हेरेर पनि यसलाई हामीले डरलाग्दो नै मान्नुपर्छ जस्तो लाग्छ । पूर्वाधार, स्वास्थ्य जनशक्ति भएका राष्ट्रलाई पनि कोरोना संक्रमितको उपचारमा समस्या नै देखिएको छ । स्वास्थ्य पूर्वाधार, जनशक्ति भएका राष्ट्रलाई कोरोना संक्रमितको संख्या बढ्न नदिनका लागि सजिलो हुन्छ होला ।

मुख्य कुरा हामी आफैले सावधानी अपनाउन जरुरी छ । घरमा कोही सदस्य दीर्घरोगी र वृद्धवृद्धा हुनुहुन्छ भने त्यस्ता घरका अन्य सदस्यले घरबाहिर निस्कदा सावधानी अपनाउन जरुरी छ । एकै पटक समुदायमा तीव्र रुपमा संक्रमण फैलिँदै गयो भने यो भाइरस हाम्रो लागि खतरनाक बन्न सक्छ ।

कोरोना संक्रमितहरूमा फरक—फरक खालको लक्षण देखिएको छ । लक्षणविहीन संक्रमित, सामान्य लक्षणसहितका संक्रमित र लक्षणसहितका संक्रमित छन् । लक्षणसहितका संक्रमितमा श्वास–प्रश्वास तथा अन्य समस्या आएर आईसियू, भेन्टिलेटरमा राख्नुपर्ने पनि हुन्छ ।

कोरोना संक्रमण फैलिन नदिनका लागि मास्क लगाउन भनिएको छ । के लगातार मास्क लगाउँदा मानिसले आफैले फेरेको कार्बनडाइअक्साइडयुक्त श्वास पुनः लिनुपरेका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने हो ?

लगातार मास्क लगाउँदा मानिसले आफैले फेरेको कार्बनडाइअक्साइडयुक्त श्वास पुनः लिँदा शरीरमा अक्सिजनको मात्रा कम हुन्छजस्तो मलाई लाग्दैन । बजारमा पाइने मास्क बनाउँदा नै परीक्षण गरिएको हुन्छ । श्वासप्रश्वासका लागि मात्र नभई गुणस्तरका अन्य मापदण्ड पूरा गरेरमात्र मास्क बजारमा ल्याइएको हुन्छ । त्यसैले मास्कका कारण अक्सिजनको मात्रा कम हुन्छ भन्नुको तुक देखिँदैन ।

कोरोना भाइरस विरुद्ध अहिले खोप बनाउने होडबाजी चलेको छ । खासगरी, खोप बनाउने अहिलेको तरिकाले त्यो खोप मानिसमा व्यापक प्रयोगका लागि सुरक्षित छ भन्ने ग्यारेन्टी नभएको तर्क पनि गरिँदैछ । त्यस्ता खोप आम प्रयोगमा ल्याउनु खतरनाक हुन्छ भन्ने कुरामा कत्तिको सत्यता छ ?

कोरोना भाइरस विरुद्धको खोप विभिन्न प्रकृतिबाट बनाइरहेको पाइएको छ । खोप तथा कुनै पनि औषधि बनिसकेपछि परीक्षणमा जान्छ । अहिलेसम्म कोरोनाभाइरस विरुद्ध बनाएका खोप हेर्दा विभिन्न तहको परीक्षण पास गर्ने क्रममा रहेको सुन्नमा आएको छ । 

अहिलेसम्म बनाएका खोप दोस्रो तह पास गरेर तेस्रो तहमा परीक्षण भइरहेको छ । कोरोनाभाइरस विरुद्ध बनेको खोप तेस्रो तह पास गर्न कम्तीमा ५÷६ महिनाको समय लाग्छ । दोस्रो तहको परीक्षण गरेपछि यस खोपमा कुनै किसिमको हानी नोक्सानी छैन र यो कति उपयोगी हुन सक्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । कोरोनाभाइरस विरुद्धको खोप परीक्षणको दोस्रो तह पास गरेको कुनै पनि साइडइफेक्ट नगर्ने, उपयोगी हुन सक्ने मानिएका खोप नेपालमा तेस्रो तहको ट्रायलका लागि प्रयोग गर्दा पनि राम्रो हुन्छ । किनभने कोरोनाभाइरस विरुद्धको खोप तेस्रो तहको ट्रायल पास गर्न समय लाग्छ ।


भाइरस विरुद्धको खोप बनाउने निकायले जनावर, ल्याब, सीमित मान्छेमा परीक्षण गरेर त्यसको उपयोगी तथा हानि पत्ता लगाएर मात्रै मानिसमा ट्रायल गर्ने हो । जस्तै कोरोनाभाइरस विरुद्धको खोपको विभिन्न चरणका परीक्षण पार गरेर मानिसमा खोप ट्रायल गरिएको हो । त्यसैले खोप ट्रायलका नाममा डराउन हुँदैन । 


तेस्रो तहको ट्रायल पास गरेपछि खोप महँगोमा किन्नुपर्ने हुन्छ । विश्वव्यापी महामारी भएकाले संसारमा कोरोनाको खोप तथा औषधिको अत्यधिक माग हुने भएकाले नेपालले खोप पाउने सम्भावना कम हुन्छ । चाइना, युकेमा कोरोनाविरुद्ध बनेको खोप अन्य राष्ट्रहरूले तेस्रो तहको ट्रायल गरिरहेका छन् । दोस्रो तह पार गरेका र विश्वसनीय संस्थाले पत्ता लगाएका खोप सरकारले पहल गरेर तेस्रो तहको ट्रायलका लागि नेपालमा ल्याउन पहल गर्न सक्नुपर्छ । तर हरेक कुरामा द्विविधा हुन सक्छ । कोरोनाभाइरस नयाँ भाइरस हो, यसको खोप पत्ता लगाउन परीक्षण चलिरहेको छ र सबै परीक्षण १०० प्रतिशत सही हुन्छ भन्ने पनि हुँदैन । खोप परीक्षण भन्दैमा सिधै मानिसमा परीक्षण गर्ने भन्ने पनि हुँदैन । 

भाइरस विरुद्धको खोप बनाउने निकायले जनावर, ल्याब, सीमित मान्छेमा परीक्षण गरेर त्यसको उपयोगी तथा हानि पत्ता लगाएर मात्रै मानिसमा ट्रायल गर्ने हो । जस्तै कोरोनाभाइरस विरुद्धको खोपको विभिन्न चरणका परीक्षण पार गरेर मानिसमा खोप ट्रायल गरिएको हो । त्यसैले खोप ट्रायलका नाममा डराउन हुँदैन । 

रेमडिसिभिर, प्लाज्मा पनि तेस्रो तहकै ट्रायलमा भए पनि राम्रो नतिजा आइरहेको छ । ट्रायल भन्दैमा अत्तिनु पर्दैन । तेस्रो तहको ट्रयाल पास भएर औषधि र खोप प्रयोगमा ल्याउछौं भनेर बस्दा कोरोना महामारी नेपालमा साँच्चै नै महामारी बन्न सक्छ । नेपालको सन्दर्भमा भने ट्रायल भएमा औषधि तथा खोपलाई मान्यता दिएर प्रयोगमा ल्याउने कानुन छैन । ट्रायलमा भएको औषधि तथा खोपले काम गर्न सक्ने छ भने किन नल्याउने ? हाम्रोजस्तो देशका लागि त्यसले फाइदा नै गर्छ ।


विश्वस्वास्थ्य संगठनले लक्षणसहितका संक्रमितको तुलनामा लक्षणविहीन संक्रमितबाट कम सर्छ भन्यो । कति कम भनेर प्रष्ट पारेन । त्यसैले लक्षणविहीन संक्रमितले टेष्ट नगर्दा, मास्कको प्रयोग नगरेको कारण दीर्घरोगी तथा वृद्धवृद्धामा संक्रमण हुन पुग्यो । यस्ता कुराहरूमा पूर्ण वाक्यमा जनतालाई बुझाउन नसक्दा पनि कोरोना संक्रमित दर बढ्यो ।


कोरोना भाइरस अब संसारबाट कहिल्यै हराउँदैन, यसका विरुद्ध बन्ने खोप पनि भरपर्दो छ कि छैन अहिल्यै भन्न सकिने स्थिति छैन । त्यसैले सबैभन्दा राम्रो उपाय, बलिया–बाङ्गाहरूलाई यो भाइरसको संक्रमण हुन दिएर ‘समुदाय प्रतिरोध’को स्थिति पैदा गरिनुपर्छ भन्ने कुरामा कत्तिको दम छ ?

भाइरसको संक्रमण हुन दिएर ‘समुदाय प्रतिरोध’को कुरा स्वीडेनले सुरु गरेको थियो । तर सफल हुन सकेन । झन् धेरै युवाहरूमा संक्रमण तथा हातहतको स्थिति सिर्जना भएको थियो । भाइरस परिवर्तन भइरहेको अवस्था प्रतिरोधात्मक शक्ति तथा एन्टिबडीले काम गर्छ भन्न सकिदैंन । युवा र तथा अन्य उमेर समूहका मानिसलाई छुटाछुट्टै ट्रायलको रुपमा लिन सक्ने अवस्था छैन । व्यक्तिगत तवरमा पनि युवाहरू यस कुरा सहमत होलान् जस्तो मलाई लाग्छैन । त्यसैले कोरोनाभाइरसको संक्रमण हुनबाट सबै उमेर समूहमा बच्नुको विकल्प छैन । 

कोरोना भाइरसको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको भूमिका प्रभावकारी भएन, ऊ आफै अलमलमा रहेको र उसको यही अलमलका कारण कोरोना भाइरसबारे यथार्थ कम अनि भ्रम र हौवा बढी फैलिन गएको भन्ने आरोपबारे के भन्नुहुन्छ ?

विश्व स्वास्थ्य संगठनले भनेका केही कुरा सत्य नहुन पनि सक्ने अवस्था कहिलेकाहीँ हुन सक्छ । किनभने वैज्ञानिक तथ्यका आधारमा विश्व स्वास्थ्य संगठन बोल्ने हो । कोरोनाभाइरस नयाँ भाइरस भएकाले यो भाइरस महामारीको रुपमा फैलिएसँगै विभिन्न समयमा नयाँ—नयाँ कुरा पत्ता लाग्दै गयो । कोरोनाभाइरसका बारेमा बोलेका केही कुरा पछि असत्य पनि ठहरिए । जस्तैः पहिला ‘एन ९५’ मास्कको प्रयोग गर्नुपर्छ भनियो । त्यसपछि कोरोना भाइरससँग बच्नका लागि मास्क लगाउन पर्दैन भनियो । अहिले आएर फेरि कोरोना भाइरसबाट बच्नका लागि अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्छ भनिएको छ । नयाँ भाइरस भएकाले वैज्ञानिक तथ्यहरू परिवर्तन भइरहेका हुन्छन् ।

यस्तै, कोरोना संक्रमितलाई विभिन्न थरिका औषधि दिँदा राम्रो हुने भनिथ्यो । अहिले आएर ती औषधि हानिकारक हुन सक्छ पनि भन्ने तथ्य पत्ता लाग्दै गयो । विश्व स्वास्थ्य संगठनले जंगली जनावरको संगत नगर्नुस्, त्यसबाट कोरोनाभाइरस सर्न सक्छ भनेको थियो । तर मानिसले माछामासु नै खान हुँदैन भन्ने बुझे । विश्व स्वास्थ्य संगठनले पनि जनता माझ कुरा पु¥याउँदा जंगली जनावरलाई नछुनु तर घरपालुवा जनावरको मासु खान हुन्छ भनिदिनु पथ्र्यो । जनताको बुझाइमा जंगली जनावर दुई शब्दमध्ये जंगलीलाई भुलेर जनावरलाई मात्रै सम्झदा  पशुपालन तथा माछामासुको व्यवसाय धरापमा परेको थियो ।

यस्तै, विश्वस्वास्थ्य संगठनले लक्षणसहितका संक्रमितको तुलनामा लक्षणविहीन संक्रमितबाट कम सर्छ भन्यो । कति कम भनेर प्रष्ट पारेन । त्यसैले लक्षणविहीन संक्रमितले टेष्ट नगर्दा, मास्कको प्रयोग नगरेको कारण दीर्घरोगी तथा वृद्धवृद्धामा संक्रमण हुन पुग्यो । यस्ता कुराहरूमा पूर्ण वाक्यमा जनतालाई बुझाउन नसक्दा पनि कोरोना संक्रमित दर बढ्यो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.