व्यापक आलोचना भएपछि अन्ततः संघीय संसदको लोगो फिर्ता
बुधबार, ०३ भदौ २०७७, ११ : ५४
काठमाडौं । संघीय संसद सचिवालयले हालै तयार गरिएको संघीय संसदको लोगोमा साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ ।
लोगोमा रहेको नेपालको नक्सा लगायतका विषय परिमार्जन गरी उपलव्ध गराउने प्रतिवद्धता घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले जनाएपछि फिर्ता गरिएको सचिवालयले जनाएको छ ।
संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० लोगोहरू निर्माण गरिएका थिए । तर नयाँ लोगो भद्दा र नेपालको नक्सा नै गलत छापिएपछि सांसदहरूले नै आपत्ति जनाएका थिए ।
उक्त लोगो वागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको थियो ।
फिर्ता पठाएइएका प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ । लोगोमा ८७ ग्राम सुन प्रयोग भएको जनाइएको छ ।
प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण