शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त

बुधबार, ०३ भदौ २०७७, १० : ११
बुधबार, ०३ भदौ २०७७

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन् । 

पूर्वराजा शाहका सचिवालय सदस्य फणि पाठकले बुधबार शाहका तर्फबाट शोक वक्तव्य जारी गर्दै देशभक्ति र प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौँ काव्य कृति सदापठनीय र मननीय रहेको पनि जनाएका छन् ।

साथै घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको शाहले बताएका छन् । शाहले घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप