राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त
बुधबार, ०३ भदौ २०७७, १० : ११
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन् ।
पूर्वराजा शाहका सचिवालय सदस्य फणि पाठकले बुधबार शाहका तर्फबाट शोक वक्तव्य जारी गर्दै देशभक्ति र प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौँ काव्य कृति सदापठनीय र मननीय रहेको पनि जनाएका छन् ।
साथै घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको शाहले बताएका छन् । शाहले घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण