राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छः सभामुख सापकोटा
मङ्गलबार, ०२ भदौ २०७७, २२ : २७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै ट्वीट्मार्फत सभामुख सापकोटाले उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
त्यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन् । यसैबीच दिवङ्गत राष्ट्रकविको बुधबार मात्र अन्त्येष्टि गरिने भएको उनका पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ । अहिले उनको पार्थिव शरीर लैनचौरस्थित निवासमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी