बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारी र बन्दाबन्दीमा एनसेल ग्राहकले पाए ९ अर्ब बढि बोनस ब्यालेन्स

मङ्गलबार, ०२ भदौ २०७७, २१ : ०२
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । हालै मात्र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरन भएको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले कोरोना महामारीका बेलामा ग्राहकहरुलाई राहत स्वरुप ९ अर्ब बढि बोनस ब्यालेन्स प्रदान गरेको बताएको छ । 

रिचार्जकार्ड सहज रुपमा पाउन गाह्रो भएको बन्दाबन्दीको बेलामा यसरी प्राप्त बोनसबाट ग्राहकले फोन, एसएमएस गर्न र इन्टनेट सेवा लिन पाएका थिए ।

एनसेलका अनुसार कम्पनीले कुल बोनस ब्यालेन्स बापत ९ अर्ब ३ करोड आफ्ना ग्राहकहरुलाई प्रदान गरेको छ । ग्राहकहरुले बन्दाबन्दीको भोलि पल्ट चैत्र १२ गतेबाट जेठ ३२ गते सम्म आफुले गरेको रिचार्जमा बोनस प्राप्त गरेका थिए । पहिलो दिन ५० प्रतिशत त्यसपछि चैत्र १३ बाट प्रत्येक रिचार्जमा १२० प्रतिशत बोनस प्रदान गरिएको थियो ।

कम्पनीले आफ्ना विभिन्न राहत प्याकेज, बोनस, स्किम, सरकारको कोरोना कोषमा उपलब्ध गराएको रकमलगायत गरेर ९ अर्ब ६३ करोड बराबरको राहत प्रदान गरेको छ । 

कम्पनीले कोरोनाभाइरसले निम्त्याएको बन्दाबन्दीमा आफ्ना सेवाग्राहीको जनवजीवनलाई सहजीकरण गर्नका २ सय ३० रुपैयाँमै १५ जीबी डाटा, इन्टरनेट सेवामा २५ प्रतिशत छुट, ब्यालेन्स ट्रान्सफर रकममा लाग्ने शुल्कमा छुट, सापटी रकममा वृद्धि, कोरोना रोकथाममा फ्रन्टलाइनमा रहेकाहरुका लागि सेवा बन्डल भएको सिम निःशुल्क, पहिला सेवा प्रयोग गरी पछि तिर्न मिल्ने योजना लगायत विभिन्न राहतका अफरहरु ल्याएको थियो ।

आफुले ल्याएका विभिन्न राहत योजना, सुविधा, छुट, सरकारको कोभिड–१९ कोषमा योगदान लगायत गरी कम्पनीले ९ अर्ब ६३ करोड बराबार कोरोनाभाइरस विरुद्धको अभियानमा योगदान गरको कम्पनीले बताएको छ । 

एनसेलले महामारीमा सेवाग्राहीको जनचेतनाका लागि भन्दै म्यासेजमार्फत ४ साढे ५ करोड बढि कोभिड–१९ सँग सम्बन्धित जनचेतना मुलक एसएमएसहरु पठाएको थियो । यस्तै कम्पनीले जनचेतनाका लागि ग्राहकहरुलाई ओबीडी कल गरेको थियो भने फोन गर्दा महामारीबाट सचेत रहन जनचेतना मुलक रिंगटोन राखेको थियो र अहिले पनि यसलाई निरन्तरता दिईरहेको छ ।

सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन सेवाग्राहीले आफैले यूएसएसडी र आइभीआर माध्यमबाट निश्चित प्रश्नको उत्तर दिएर आफुमा यो भाइसरको जोखिम भए÷नभएको थाहा पाउन सहयोग गरी रहेको छ । 

यस्तै विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाएको छ । विदेशमा रहेका नेपालीलाई नेपालमा फोन गर्न सहजीकरण, डाक्टरसँग सम्पर्क गर्ने हटलाईनलगायतका सेवाहरु पनि कम्पनीले महामारीको अवधिमा उपलब्ध गराएको छ ।

कोरोनाभाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम,  नियन्त्रण तथा उपचार कोषमा रु १० करोड योगदान पनि पनि गरेको थियो । साथै अनलाइन कक्षा संचालनमा सहयोग पुर्याउन  कम्पनीले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा मोबाइल क्लास डेटा प्याक र राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा विद्यार्थी, शिक्षक तथा विद्यालयहरुलाई अनलाइन पठन पाठनकालागि आकर्षक मासिक योजना ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप