शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकले स्थापना गर्यो ‘कल सेन्टर’

मङ्गलबार, ०२ भदौ २०७७, १८ : ४२
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । ग्लोबल आइएमई बैंकले बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंङ्किङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एकद्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक 'कल सेन्टर'को सुरुवात गरेको छ । 

ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकताअनुसार बैंकका ग्राहकहरुको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ । ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञासाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सकिनेछ । 

ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सकिन्छ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकको छ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप