शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम आइसोलेसनमा

मङ्गलबार, ०२ भदौ २०७७, १६ : ३७
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइसोलेसनमा बसेका छन्। गभर्नर अधिकारी कोरोना संक्रमितसँग सम्पर्कमा आएपछि गत आइतबारदेखि नै घरमै आइसोलेसनमा बसेका हुन् ।

गभर्नर अधिकारीले संक्रमितसँग सम्पर्कमा आएपछि आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

संक्रमितसँग सम्पर्कमा आउनु भन्दा अगाडी गभर्नरसहित राष्ट्र बैंकका अधिकांश कर्मचारीहरुको कोरोना परिक्षण भइसकेको थियो । गभर्नर अधिकारी अझै केही दिन घरबाटै काम गर्ने बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप