बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुर सिमेन्टका लागि महाप्रबन्धकको दरखास्त आह्वान

मङ्गलबार, ०२ भदौ २०७७, १५ : ५५
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि उद्योग मन्त्रालयले सार्वजनिक दरखास्त आह्वान गरेको छ । सरकारी उद्योग अन्तरगतको सो सिमेन्ट उद्योगमा रिक्त रहेको महाप्रबन्धक पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक दर्खास्त आह्वान गरेको हो । सोमबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले २१ दिनको म्याद दिएर योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त माग गरेको छ । 

सो पदका लागि ईच्छुक नेपाली नागरिकले मान्यता प्राप्त विश्वविद्यालयबाट सार्वजनिक प्रशासन/व्यवस्थापन/अर्थशास्त्र/कानून वा ईन्जिनियरियङ्ग विषयमा कम्तीमा स्नाकोत्तर उत्तिर्ण गरेको वा चाटर्ड एकान्टेन्सी उत्तीर्ण गरेको हुने पर्ने मन्त्रालयले जनाएको छ । 

त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका, २०७७ को दफा ४ बमोजिम अयोग्य नभएको हुनुपर्ने उद्योग मन्त्रालयद्धारा प्रकाशित उक्त सूचनामा भनिएको छ ।

निम्न योग्यता पुगेका र दरखास्त दिने अन्तिम मितिले ३५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेका उम्मेद्धवारले सो पदका लागि दरखास्त दिन सक्ने छन् ।  उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकके नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक जारी गरेको यस सूचनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइट www.moics.gov.np मा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धि निर्देशिका, २०७७ को अनुसूची २ बमोजिमको ढाँचामा शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण तथा अनुभवसम्बन्धी कागजातका प्रतिलिपिहरुलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

दरखास्त फारम सोही वेबसाईटमा उपलब्ध गरहेको र दरखास्त दस्तुर वापत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यालय कोड नं.३०७००३७०२, राजस्व खाता नं.००१००१०६२००००० तथा राजस्व शीर्षक १४२२४ मा जम्मा हुने गरी एभरेष्ट बैंक, सिंहदरबार शाखामा रु ५,०००(पाँच हजार) बुझाएको सक्कल भौचरसहित निवेदन हाल्न सकिने मन्त्रालयले जनाएको छ । 

२०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उदयपुर सिमेन्ट लिमिटेड नेपालै ठूलो सिमेन्ट उद्योगको रुपमा रहदै आएको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ जलजलेमा अबस्थित यस सिमेन्ट उद्योगमा आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पूर्वाधारहरु समेत बनाइएको छ । 

नेपालको मात्र नभई एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र चरम भ्रस्ट ब्यवस्थापनका कारण समस्याग्रस्त उद्योगको रुपमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप