अभयाको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक

नेपालको चर्चित रक ब्यान्डको रुपमा परिचित अभया एण्ड द स्टिम इन्जिनको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक भएको छ ।
उक्त गीत सोमबार ब्यान्डको आधिकारिक युट्युब अकाउन्टमार्फत् सार्वजनिक गरिएको हो ।
ब्यान्डकी फ्रन्ट लेडी अभया सुब्बा विजले गीतमा स्वर मात्रै भरेकी छैनन् यसमा शब्द अभयाकै रहेको छ । साथै, नयाँ गीतको सङ्गीत रचना, संयोजन र सङ्गीत निर्माण स्वयं अभयाले गरेकी छिन् ।
गीतमा गितारको जिम्मेवारी रिन्चेन पाल्जरले सम्हालेका छन् भने सोनम लामा भुटियाको बेस रहेको छ । साथै, पियानोमा निकेश कार्की रहेका छन् भने ड्रममा रिन्चेन पाल्जर र नबिन थापा मगर रहेका छन् ।
यस्तै, ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेका छन् ।
अभयाले आफ्नो नयाँ गीतमा अत्यधिक मिहिनेत गरेको बताएकी छिन् । ‘छ मेरो संसार’ बारे रातोपाटीसँग कुरा गर्दै उनी भन्छिन्, ‘यो गीत मेरो लागि निकै महत्वपूर्ण छ । यो गीतको प्रत्येक नोट, गितार सोलोदेखि ओर्केस्ट्राको संयोजन सबैमा मैले उत्तिकै मिहिनेत गरेकी छु ।’
साथै, नेपालमा सङ्गीत संयोजनमा महिला भेट्नै गाह्रो हुने भएकाले अब अभयाले आफू सङ््गीत निर्देशनतिर लाग्ने सोच बनाएको जानकारी दिएकी छिन् । उनले भनिन्, ‘धेरैले मलाई एक गायिका वा निडर महिलाको रुपमा चिन्ने गर्नुहुन्छ तर मैले यीबाहेक अन्य थुप्रै काम पनि गर्दै आएकी छु । सङ्गीत निर्देशन पहिलेदेखि नै गर्दै आएपनि अब यसमा थप काम गर्ने सोच बनाएकी छु ।’
यसअघि रिलिज भएको ‘हावा हुरी’ बोलको गीतको रचना अभया आफैंले गरेकी हुन् । साथै, ‘तिम्रो लागि’, ‘सक्दिनँ’, ‘सिरिमा सिरि’ लगायतका गीत पनि अभयाकै रचना हुन् ।
रिलिज भएको २४ घण्टा नबित्दै ‘छ मेरो अरु संसार’ ले दर्शकको अत्यधिक माया पाइरहेको छ ।
गीतको भिडियोमा सयौंको कमेन्ट आइसकेका छन् भने आउने क्रम जारी छ । धेरैले गीतको सङ्गीत, स्टोरीलाइन र प्रस्तुती असाध्यै राम्रो भएको बताइरहेका छन् । साथै, जादुमय स्वरर्फत् अभयाले आफ्ना दर्शकलाई मनोरञ्जन प्रदान गर्न कहिले पनि नचुकेको पनि बताइरहेका छन् ।
कतिले गीतको शब्दले मनै छोएको बताइरहेका छन् भने कतिले अभया एण्ड द स्टिम इन्जिनलाई नेपालको सबैभन्दा विश्वासिलो ब्यान्डको संज्ञा पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि