सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

रामवृक्ष अर्थात् ‘मास्टर साहब’ मात्र होइन, कम्युनिस्ट आन्दोलनमा उहाँको पुरै परिवारको योगदान छ

मङ्गलबार, ०२ भदौ २०७७, १३ : १४
मङ्गलबार, ०२ भदौ २०७७

क.रामवृक्ष यादवलाई मैले २०३६ सालदेखि नै चिन्थेँ । उहाँको नाम रामवृक्ष भए पनि नाम लिएर कसैले बोलाउँदैनथे । उहाँ लामो समयसम्म शिक्षण पेसामा आवद्ध रहेको कारण सबैले उहाँलाई ‘मास्टर साहब’ नै भन्थे । उहाँ शिक्षण पेसामा रहेको बेला नै माक्र्सवादको अध्ययन गर्नु भएको थियो । उहाँले क्रान्ति र विचारलाई नजिकबाट बुझ्ने प्रयास गर्नुभयो । जनतामा देखिएको अभाव र पीडालाई प्रत्यक्ष भोग्नुभयो । र, विस्तारै कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुँदै त्यसमा लाग्नुभयो ।

उहाँ शिक्षण पेसा छाडेर ऋषिराज देवकोटाको साथमा कम्युनिस्ट आन्दोलनमा आउनु भएको थियो । त्यतिबेला कम्युनिस्ट आन्दोलनमा लागेका कारण उहाँलाई जेलमा हालियो । पछि राजबन्दीहरु रिहा हुँदा उहाँलाई पनि रिहा गरिएको थियो । त्यहाँदेखि नै म उहाँसँग निरन्तर सम्पर्कमा रहेर काम गरेको हुँ ।

उहाँ कम्युनिस्ट विचारधाराप्रति पुरै प्रतिबद्ध हुनुहुन्थ्यो । यति प्रतिबद्ध कि उहाँको प्रेरणा र सोचले पुरै परिवार नै कम्युनिस्ट आन्दोलनमा लाग्यो । उहाँको परिवार मात्र होइन, कम्युनिस्ट प्रतिको सोच र लगाव देखेर त्यतिबेला थुप्रै मान्छे कम्युनिस्ट क्रान्तिमा लागेका थिए । उहाँमा जुनखालको विचार थियो, त्यस्तो विचार अहिलेको धेरैजसो कम्युनिस्टका ठूला नेता भनाउँदाहरुमा पनि छैन । अहिले कम्युनिस्ट आन्दोलन जुन अवस्थामा पुगेको छ, कम्युनिस्ट पार्टीहरुमा जुन प्रकारको गिजलो छ, उहाँ भएको भए अहिले निकै चिन्तित हुनुहुन्थ्यो होला ।

अहिलेका नेताहरुको बोली र व्यवहारमा फरक देखिन्छ । जनताको कुरा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, राष्ट्रियता र पहिचानको कुरा गर्ने तर व्यवहारमा केही नगर्ने जुन रुप अहिलेका नेताहरुमा देखिन्छ, ती कुराहरु उहाँमा थिएन । यी कुराहरुबाट उहाँ कोसौँ टाढा हुनुहुन्थ्यो ।

उहाँले जे बोल्नु हुन्थ्यो, त्यो गर्नु हुन्थ्यो, चाहे त्यसका लागि जस्तोसुकै कदम किन चाल्नु नपरोस् । उहाँ पार्टी, क्रान्ति र विचारप्रति पुरै समर्पित हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनमा लाग्नुभन्दा अगाडि उहाँ अध्यात्मवादी विचारको व्यक्ति हुनुहुन्थ्यो । त्यतिबेला अध्यात्मवादको राम्रो वक्ता हुुनुहुन्थ्यो उहाँ । जब उहाँले माक्र्सवाद पढ्नुभयो, माक्र्सवादीहरुको सम्पर्कमा आउनुभयो अनि पुरै भौतिकवादी बन्नुभयो र, त्यहीखालको आचारण र व्यवहार पनि शुरु गर्नुभयो ।


मास्टर साहबलाई कसरी र कसले हत्या गर्यो भन्ने आमजनतालाई थाहा छैन । कतिपय तत्कालीन एमालेका नेताहरु र काँग्रेसकै नेतृत्वमा उहाँको हत्या भएको हो । पञ्चायती व्यवस्थाको समयमा मास्टर साहब र पञ्चायती गुण्डाहरुबीच भिडन्त भइरहन्थ्यो । उनीहरु डाँका थिए । उनीहरुले गाउँ लुट्थे । मास्टर साहबले त्यसको विरोध गर्नुहुन्थ्यो, जुन कुरा ती पञ्चहरुलाई पच्दैनथ्यो ।


उहाँ यस्तो नेता हुनुहुन्थ्यो कि कोही जनता–कार्यकर्ता बिरामी भएको अवस्थामा उहाँ आफै उसको घरमा गएर सेवा गर्नुहुन्थ्यो । अध्यात्मका साथै मास्टर (शिक्षक) भएको नाताले उहाँलाई केही औषधिहरुको ज्ञान पनि थियो । र, त्यो हिसाबले उहाँ बिरामीहरुलाई सेवा गर्नुहुन्थ्यो । जनतासँग उहाँको अटुट नाता थियो, जनताप्रति समर्पित हुनुहुन्थ्यो । जनताको हरेक सुखदुःखमा उहाँले साथ दिनुहुन्थ्यो । त्यसैले उहाँ जनप्रिय नेता बन्नुभएको थियो ।

साँच्चै भन्ने हो भने जननेतामा हुनुपर्ने सबै गुण उहाँमा थियो । उहाँ निरन्तर वर्ग संघर्षमा लाग्नुभयो । वर्ग संघर्षप्रति र विचारधाराप्रति उहाँ प्रतिवद्ध भएको कुरा त्यो क्षेत्रका पञ्चहरुलाई सह्य भएन । पञ्चायती गुण्डाहरु जो बहुदल आइसकेपछि कोही काँग्रेस भए, कोही एमाले पनि भए, उनीहरुले नै योजना बनाएर मस्टरसाहबको हत्या गरे ।

मास्टर साहबलाई कसरी र कसले हत्या गर्यो भन्ने आमजनतालाई थाहा छैन । कतिपय तत्कालीन एमालेका नेताहरु र काँग्रेसकै नेतृत्वमा उहाँको हत्या भएको हो । पञ्चायती व्यवस्थाको समयमा मास्टर साहब र पञ्चायती गुण्डाहरुबीच भिडन्त भइरहन्थ्यो । उनीहरु डाँका थिए । उनीहरुले गाउँ लुट्थे । मास्टर साहबले त्यसको विरोध गर्नुहुन्थ्यो, जुन कुरा ती पञ्चहरुलाई पच्दैनथ्यो । पछि बहुदल आएपछि उनीहरु कोही एमाले भए, कोही काँग्रेस भए । र, सबैले योजना बनाएर नै मास्टर साहबको हत्या गरे । त्यतिबेला प्रहरी प्रशासनले पनि उनीहरुलाई साथ दिएको थियो । भदौ १ गते नेपाल बन्दको क्रममा उहाँ जनकपुर जानु भएको थियो । म सिरहामा थिएँ । जनकपुरबाट फर्किने क्रममा बाटोमा उहाँको हत्या भएको थियो ।

त्यो बेला हामी जनयुद्धको तयारीमा थियौं । मास्टर साहबको हत्या भएपछि उहाँका छोरा शेखर यादव, छोरीहरु बोधमाया यादव, सुनिता यादव, श्रीमती रामकुमारी यादवलगायत परिवार र अन्य नातेदारहरु सबै कम्युनिस्ट आन्दोलनप्रति प्रतिवद्ध थिए । आफ्नो उमेर र क्षमता अनुसार सबैजना आन्दोलनमा लागेका थिए । पुरै परिवारलाई राजनीतिकरण गर्नमा हामीले सघाएका थियौं । अध्यक्ष प्रचण्डलगायतका नेताहरुले पनि मास्टर साहबको परिवारलाई राजनीतिकरण गर्ने काम गर्नुभयो । देशमा गणतन्त्र आइसकेपछि भएको पहिलो चुनावमा मस्टर साहबका श्रीमती रामकुमारी यादवलाई टिकट दिएर नै चुनाव जिताएका थियौं । पछि एउटा दुर्घटनामा परेर उहाँको निधन भएको थियो ।

मास्टर साहबका छोरा शेखर पार्टीमै सहिद हुनुभएको हो । मास्टर साहबको कान्छी छोरीको श्रीमान् पनि जनयुद्धमै सहिद हुनुभएको हो । मास्टर साहबका सानीआमाका छोरा पनि जनयुद्धमै सहिद हुनुभएको हो । त्यसका साथै उहाँका अन्य नेतादारहरु पनि जनयुद्धमा सहिद हुनुभएको हो । अर्थात् उहाँका पुरै परिवारले कम्युनिस्ट पार्टीका लागि योगदान गरेको छ, पार्टीका लागि बलिदानी दिएको छ । यो सबै मास्टर साहबको प्रेरणा र उच्च विचारको प्रभाव हो । उहाँसँग काम गर्दा मैले उहाँमा एउटा अचम्मको गुण पाएँ । उहाँले ज–जसलाई कन्भिन्स गर्नुभयो, सबै कम्युनिस्ट आन्दोलनमा लागेका छन् । उहाँका अधिकाँश नातेदारले यही कम्युनिस्ट आन्दोलनमै जीवन बिताए ।


कम्युनिस्ट पार्टीले पनि उहाँ र उहाँका परिवारलाई निकै सम्मान गरेको छ । हाल नेकपाका अध्यक्ष प्रचण्ड आफै पटक–पटक उहाँको घर पुगेर उहाँका परिवारका सदस्य तथा नातेदाहरलाई भेट्नु भएको छ । यहाँसम्म कि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि मास्टर साहबको स्मृतिसभालाई सम्बोधन गर्न बरमझिया पुग्नुभएको थियो । उहाँको नाममा सडक नामाकरण गर्ने घोषणा पनि भयो तर हालसम्म त्यो कार्यान्वयन भएको छैन ।


२०४२ सालतिर एकपटक अस्पतालबाट मास्टर साहबलाई भगाउनका लागि उहाँका नातेदारहरुले नै सहयोग गर्नुभएको थियो । अस्पतालबाट भगाउनुदेखि लिएर सीमा कटाउनसम्म उहाँका नातेदारहरुकै सहयोग थियो । त्यतिमात्र होइन, मास्टर साहब मारिए पनि उहाँका नातेदारहरुबाट जनयुद्धलाई निकै सहयोग भयो । जसरी मास्टर साहबले सहयोग पाइरहनु भएको थियो, त्यसरी नै हामीले पनि सहयोग पाएका थियौं ।

कम्युनिस्ट पार्टीले पनि उहाँ र उहाँका परिवारलाई निकै सम्मान गरेको छ । हाल नेकपाका अध्यक्ष प्रचण्ड आफै पटक–पटक उहाँको घर पुगेर उहाँका परिवारका सदस्य तथा नातेदाहरलाई भेट्नु भएको छ । यहाँसम्म कि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि मास्टर साहबको स्मृतिसभालाई सम्बोधन गर्न बरमझिया पुग्नुभएको थियो । उहाँको नाममा सडक नामाकरण गर्ने घोषणा पनि भयो तर हालसम्म त्यो कार्यान्वयन भएको छैन ।

तर एउटा कुरा सही हो कि मधेशका नेताहरुलाई उपेक्षा गरिन्छ । अन्य दलमा रहेका मधेशी नेताहरुको पनि उपेक्षा नै गरिएको हुन्छ । मास्टरसाहबका लागि जति हुनुपर्ने, त्यति भएको छैन । उहाँको योगदान र लगानीको हिसाबले पार्टीले धेरै गर्नुपथ्र्यो तर त्यो अनुसार भएको छैन । यद्यपि जे गरेको छ, त्यसमा सन्तोष मान्नुपर्ने अवस्था पनि छ । अध्यक्ष प्रचण्डले उहाँ र उहाँका परिवारलाई स्थापित गर्न हरेक प्रकारले प्रयास गर्नुभएको छ । अहिले मास्टर साहबका एकजना छोरी समानुपातिक सांसद हुनुहुन्छ । अर्को छोरी दुई नम्बर प्रदेशको सम्पर्क मञ्चको अध्यक्ष हुनुहुन्छ । अहिले पनि उहाँका परिवारबाट पार्टीमा दुईजना सक्रिय भएर लागिरहनु भएको छ ।

मास्टर साहब साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँले गीत र कविता लेख्नु हुन्थ्यो । गाउनु पनि हुन्थ्यो । संगीत पनि दिनुहुन्थ्यो । तर उहाँको सबभन्दा ठूलो कमजोरी, उहाँ जहाँ कविता लेख्नु हुन्थ्यो त्यहीँ छोडिदिनुहुन्थ्यो । कुनै गीत, संगीतलाई ग्रहण गर्नुभएन । उहाँको हत्या भएको धेरैपछि उहाँको एउटा किताब प्रकाशन भएको छ । उहाँका कविता, गीत, संगीत प्रायः क्रान्तिकारी खालको हुन्थ्यो । जनताको मुक्तिका लागि हुन्थ्यो । उहाँ बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो भन्दा फरक पर्दैन । त्यसैले आज पनि उहाँको योगदान, विचार, लगनशीलतालाई सबैले सम्मान गर्छन् ।    

(रामवृक्ष यादवसँग काम गर्नुभएका नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसँग कुरा गरिएको आधारमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका यादव
मातृका यादव
लेखकबाट थप