शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अहिलेसम्मकै उच्च तापक्रम अमेरिकामा मापन

मङ्गलबार, ०२ भदौ २०७७, १२ : ३९
मङ्गलबार, ०२ भदौ २०७७

अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली नेशनल पार्कमा ५४.४ डिग्री सेन्टिग्रेट (१३० डिग्री फेरनहाइट) तापक्रम मापन गरिएको छ । यसलाई पृथ्वीमा मापन गरिएको अहिलेसम्मकै उच्च तापक्रम भनिएको छ ।

अमेरिकाको नेशनल वेदर सर्भिसले यो तथ्यांकलाई पुनःमूल्यांकन गरिरहेको छ । अमेरिकाको पश्चिम तटिय क्षेत्रमा तातो हावाको बहावसँगै त्यहाँको तापक्रममा वृद्धि भएको हो । यो क्रम यस हप्ता जारी हुने बताइएको छ ।

उच्च तापक्रमका कारण एक पावर प्लान्टमा समस्या देखिएपछि क्यालिफोर्नियामा दुई दिन ब्ल्याकआउट नै भएको थियो ।

आइतबार उक्त तापक्रम डेथ भ्यालीको फर्नेस क्रिकमा मापन गरिएको थियो । यसअघि विश्वमा सबैभन्दा बढी मापन गरिएको तापक्रम ५४ डिग्री सेल्सिय (१२९.२ डिग्री फेरनहाइट) थियो । यो पनि डेट भ्यालीमा सन् २०१३ मा मापन गरिएको थियो ।

एक शताब्दीअघि डेथ भ्यालीमा नै १३४ डिग्री फेरनहाइट (५६.६ डिग्री सेल्सियस) मापन गरिएको दाबी गरिए पनि त्यो विवादमा रहेको छ ।

त्यस्तै, ट्युनिसयामा सन् १९१३ मा मापन गरिएको १३१ डिग्री फेरनहाइन (५५ डिग्री सेल्सियस) लाई पनि मान्यता दिइएको छ । उक्त तथ्यांक संकलनमा गल्ती भएको वेज्ञानिकहरुको भनाइ छ ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप