शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको संक्रमणबारे खुसीको खबर, थाहा पाउनुहोस् के होला असर

मङ्गलबार, ०२ भदौ २०७७, १२ : ३०
मङ्गलबार, ०२ भदौ २०७७

संक्रामक रोगका एक प्रमुख विशेषज्ञले युरोप, उत्तर अमेरिका र एशियाका केही हिस्साामा कोरोनाभाइरसमा जुन म्युटेशन (भाइरसको जीनमा परिवर्तन) देखिएको छ, त्यो अत्यधिक संक्रामक भएपनि कम घातक भएको पत्ता लागेको जानकारी दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार नेशनल युनिभर्सिटी अफ सिंगापुरका वरिष्ठ चिकित्सक तथा इन्टरनेशनल सोसाइटी अफ इन्फेक्सस डिजिजका नव–निर्वाचित अध्यक्ष पल टेम्बियाले भने, ‘संसारका केही इलाकामा कोरोनाको D614G म्युटेशन (भाइरसको जीनमा परिवर्तन) फैलिएपछि त्यहाँ मृत्युदरमा कमी देखिएको र यो कम घातक भएको प्रमाण फेला परेको छ ।’

डाक्टर टेम्बियाले रोयटर्ससँगको कुराकानीमा भाइरस धेरै संक्रामक तर कम घातक हुनु राम्रो कुरा हो । उनले भाइरस जतिजति म्युटेट वा तिनीहरुको जीनमा परिवर्तन आउँछ, त्यति नै ती कम घातक हुने बताएका छन् ।

उनले भने, ‘भाइरसले धेरैभन्दा धेरै मानिसहरुलाई संक्रमित गर्नु तर नमार्नु भाइरसको हितमा नै हुन्छ किनभने भाइरस खाना र आश्रयका लागि मानिसहरुमा नै निर्भर हुन्छन् ।’

विश्व स्वास्थ्य संगठनले वैज्ञानिकले फेब्रुअरीमा नै कोरोनाभाइरसमा म्युटेशन भइरहेको र यो युरोप र अमेरिकामा फैलिरहेको पत्ता लगाएको जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले भाइरसमा परिवर्तन पछि यो थप घातक भएको छ भन्ने कुराको कुनै प्रमाण नभएको बताएको छ ।

आइतबार मलेशियाको स्वास्थ्य विभागका डिजी नूर हिशाम अब्दुल्लाहले हालका दुई हट–स्पटमा कोरोनाभाइरसको D614G म्यूटेशन पाइएकोले मानिसहरुलाई थप सतर्क रहन आग्रह गरिएको थियो ।

सिंगापुरको विज्ञान, टेक्नोलोजी र शोध संस्थानका सेबास्टियन मोरर–स्ट्रोडले कोरोनाभाइरसको यो रुप सिंगापुरमा पाइएको तर भाइरसको रोकथामका लागि उठाइएको कदमका कारण ठूलो मात्रामा यो फैलन विफल रहेको जानकारी दिएको छ ।

मलेशियाको नूर हिशामले कोरोनाको D614G भर्सन १० गुणा बढी संक्रामक भएको र अहिले जुन भ्याक्सिन विकसित गरिँदै छ, त्यो यो कोरोनाभाइरसको यो भर्सनका लागि त्यति प्रभावकारी हुन नसक्ने सम्भावना पनि रहेको बताएका छन् ।

तर टेम्बिया र मोरर–स्ट्रोहले भ्याक्सिनको असर नै कम पर्नेगरी भाइरसमा त्यति साह्रो पनि परिवर्तन नहुने बताएका छन् ।

मोरर–स्ट्रोहले भने, ‘भाइरसमा परिवर्तन लगभग एकै किसिमको छ, उनीहरुले त्यो स्थान परिवर्तन गरेको छैन जसले साधारणतया हाम्रो प्रतिरोधी क्षमतालाई पहिचान गर्छ, त्यसकारण कोरोनाको जुन भ्याक्सिन विकसित गरिँदै छ, त्यसमा कुनै परिवर्तन हुने छैन ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप