शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा कोरोना संक्रमणबाट ८७ वर्षीय वृद्धको मृत्यु

मङ्गलबार, ०२ भदौ २०७७, ११ : ३४
मङ्गलबार, ०२ भदौ २०७७

पोखरा - पोखरामा कोरोना संक्रमित ८७ वर्षिय वृद्धको मृत्यु भएको छ । 

साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी मृतक पुरुषमा उच्च ज्वरो पनि थियो । 

कोरोना संक्रमणको आशंकापछि उनको  स्वाब जाँच्दा हिजो मात्रै उनलाई कोरोना पुष्टि भएको थियो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ । 

यस्तै, कास्की सेवा अस्पतालमा उपचाररत एक महिला पनि कोरोना संक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए । उनको मृत्यु पछि कोरोना पोजेटिभ आएको थियो । उनको पनि अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप