मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने मकवानपुरका तीन पक्राउ

मङ्गलबार, ०२ भदौ २०७७, ०९ : ३०
मङ्गलबार, ०२ भदौ २०७७

प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
      
उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो । 

पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा  लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पतालमा थप उपचार भइरहेको छ । 

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप