शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको भिक्टोरिया राज्यका ९९ प्रतिशत संक्रमितको क्वारेन्टिन होटलसँग सम्बन्ध

मङ्गलबार, ०२ भदौ २०७७, ०७ : ४५
मङ्गलबार, ०२ भदौ २०७७

अष्ट्रेलियाको दक्षिण–पूर्वको राज्य भिक्टोरियाका लगभग सबै संक्रमित विदेशबाट फर्किएका उनीहरुको क्वारेन्टिन होटलसँग सम्बन्ध रहेको पत्ता लागेको छ ।

राज्यले गरेको अनुसन्धानमा क्वारेन्टिन होटलका सुरक्षाकर्मीलाई अनुपयुक्त प्रशिक्षण दिइएको पनि पत्ता लागेको छ ।

 अष्ट्रेलियाको मिडियामा प्रकाशित समाचारका अनुसार त्यहाँका सुरक्षाकर्मीलाई १.५ मिटरको सामाजिक दुरीको पालना गरे मास्क र अन्य सुरक्षाका उपाय अपनाउन नपर्ने भनेर तालिम दिइएको थियो ।

संक्रमणको दोस्रो लहरका कारण भिक्टोरिया हाल लकडाउनको स्थितीमा छ ।

भिक्टोरियाको सबैभन्दा ठूलो शहर तथा राजधानी सहर मेलबर्नमा अगस्ट २ तारिखदेखि ६ हप्ताका लागि ‘चौथो चरण’ को प्रतिबन्ध लागू गरिएको छ ।

सोमबार भिक्टोरियामा २५ जनाको मृत्यु भएको छ भने २ सय ८२ नयाँ संक्रमित भेटिएका छन् । राज्यमा महामारी देखिएपछिको यो एक दिनभित्रको सर्वाधिक संख्या हो ।

मार्चको अन्त्यमा अष्ट्रेलियाको संघीय सरकारले विदेशबाट स्वदेश फर्किएका प्रत्येक नागरिकका लागि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको थियो । क्वारेन्टिनका यी कार्यक्रमहरु राज्य आफैंले सञ्चालनमा ल्याएको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप