बिस्फोटको घाउसँग जुधिरहेको लेबनानमा कोरोना कहर
मङ्गलबार, ०२ भदौ २०७७, ०६ : २२

गत अगस्ट चार तारिखमा भएको बिस्फोटपछि कोरोनाभाइसका संक्रमितमा तीब्र वृद्धिलाई मध्यनजर गर्दै लेबनानका कार्यवाहक स्वास्थ्यमन्त्री हमद हसनले बेरुतमा चार हप्ताको लकडाउनको घोषणा गरेका छन् ।
उनले भोइस अफ लेबनान रेडियोसँग भने, ‘आज हामीले देशमा लकडाउन लगाउने कडा निर्णय लिनु परिरहेको छ ।’
हमद हसनले लेबनानको एक पत्रिका ‘अन नाहर’ लाई भने, ‘दुई हप्ताको लकडाउनका बेला स्वास्थ्य सेवा भने जारी रहनेछन् ।’
बिस्फोटपछि बेरुतमा ६ हजारभन्दा बढी घाइते भएका छन् । यो बिस्फोटमा बेरुतका अस्पतालमा पनि अत्यधिक क्षती पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार लेबनानमा कोभिड–१९ का ४ सय ३९ नयाँ संक्रमित भेटिएको र ६ जनाको मृत्यु भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध