शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ११ जना संक्रमित

सोमबार, ०१ भदौ २०७७, १९ : २४
सोमबार, ०१ भदौ २०७७

जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बारामा १ सय ६, पर्सामा २७, रौतहटमा १९, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सप्तरीमा ६ र सिरहामा ४  जना थप कोरोना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेको छ । संक्रमितमध्ये ६ हजार २ सय ८४ पुरुष र ८ सय ९२ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

बारामा कोरोना संक्रमण पुष्टी भएकाहरु कलैया उपमहानगरपालिकाका २६ देखि ३९ बर्ष उमेर समुहका ४ पुरुष, नीजगढ नगरपालिका वडा नम्बर ७ का ३५ बर्षीय एक पुरुष, ईलाका प्रहरी कार्यालय नीजगढका ३१ बर्षीय एक पुरुष, सशस्त्र प्रहरी बल नीजगढका ३१ बर्षीय एक पुरुष, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का ३० बर्षीया एक महिला र २३ बर्षिय एक युवक, महागढीमाई नगरपालिकाका ४८ बर्षीय एक पुरुष, स्वास्थ्य शाखा बाराका ६ देखि ४७ बर्ष उमेर समुहका ७ जना महिला र १४ देखि ५८ बर्ष उमेर समुहका २२ जना पुरुष एवं ठेगाना खुल्न नसकेका ५ देखि ५० बर्ष उमेर समुहका १७ जना महिला र ८ देखि ६८ बर्ष उमेर समुहका ५० जना पुरुष रहेको जनाइएको छ ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिकाका ७ देखि ४५ बर्ष उमेर समुहका ७ जना महिला र १५ देखि ८२ बर्ष उमेर समुहका ११ जना पुरुष, वीरगञ्ज भन्सारका २५ र ४० बर्षिय २ जना पुरुष, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ का १८ देखि ३० बर्ष उमेर समुहका ३ जना पुरुष र ठेगाना खुल्न नसकेका १३ देखि ४२ बर्ष उमेर समुहका ४ जना पुरुष संक्रमित छन् ।

त्यसैगरी रौतहटमा कटहरिया नगरपालिका वडा नम्बर ६ का ३४ बर्षिय एक पुरुष, गरुडा नगरपालिका वडा नम्बर ५ का ३३ बर्षीय एक पुरुष, गौर नगरपालिका वडा नम्बर २ का ३२ बर्षीय एक पुरुष, राजदेवी नगरपालिकाका ९ देखि ३८ बर्ष उमेर समुहका ३ जना महिला र ठेगाना खुल्न नसकेका २६ देखि ६० बर्ष उमेर समुहका ७ जना महिला एवं ३ देखि ६५ बर्ष उमेर समुहका ६ जना पुरुष कोरोना संक्रमण रहेको जनाइएको छ ।

त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकाका ४० बर्षीया एक महिला र ४४ बर्षिय एक पुरुष, लालबन्दी नगरपालिका घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका ३८ बर्षीय एक पुरुष, खानेपानी तथा सरसफाइ डिभिजन मलङ्गवाका १७ बर्षीय एक युवक, बरहथवा नगरपालिकाका १८ बर्षीय एक युवती र ३० देखि ७२ बर्ष उमेर समुहका १० जना पुरुष, हरिपुर नगरपालिकाका ४५ बर्षीय एक पुरुष र ठेगाना खुल्न नसकेको ७१ बर्षीया एक वृद्धा र उमेर नखुलेका एक पुरुष संक्रमित भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ६० बर्षीया एक महिला र ३२ देखि ७० बर्ष उमेर समुहका ४ पुरुष, आनन्दनगर वडा नम्बर ४ का ३७ बर्षिय एक पुरुष, प्रादेशिक अस्पताल जनकपुरको अन्तरंग विभागका उमेर खुल्न नसकेको एक पुरुष, जनकपुरधाम घर भई हाल काठमाडौं बस्दै आएका ६९ बर्षीय एक पुरुष, धनौजी गाउँपालिकाका २२ र ६५ बर्षीय २ जना पुरुष, मिथिला नगरपालिकाका २९ बर्षीय एक महिला र ३५ देखि ५५ बर्ष उमेर समुहका ३ जना पुरुष, जनकपुरधाम वडा नम्बर ४ स्थित जिल्ला अदालतका ४० बर्षीय एक पुरुष र गोपाल धर्मशाला क्वारेन्टाइनका १ बर्षीय बालक एवं २७ बर्षीय एक पुरुष समेत कोरोना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर वडा नम्बर २, ७ र १२ का २४ बर्षीया एक महिला र ३१ देखि ६० बर्ष उमेर समुहका ३ जना पुरुष, बर्दिबास नगरपालिलकाका ४० बर्षीया एक महिला र २७ देखि ४१ बर्ष उमेर समुहका ६ जना पुरुष, पिपरा गाउँपालिका वडा नम्बर ७ का ६८ बर्षीया एक पुरुष, लोहारपट्टी नगरपालिका पडौलका ४५ बर्षीय एक पुरुष र ठेगाना खुल्न नसकेको ५२ बर्षीय एक पुरुष कोरोना संक्रमित भएका छन् ।

त्यस्तै सप्तरीमा राजविराज नगरपालिकाका ७४ बर्षीय एक बृद्ध र छिन्नमस्ता गाउँपालिका–४ का १० देखि ४५ बर्ष उमेर समुहका ३ जना महिला एवं ३० र ५२ बर्षिय २ जना पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

त्यसैगरी सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १२ का ३८ बर्षिया एक महिला, मिर्चैया नगरपालिकाका ४२ बर्षीय एक पुरुष एवं जिल्ला अस्पताल सिरहाका ३४ र ४६ बर्षीय २ जना पुरुष संक्रमित छन् ।

यस प्रदेशमा अहिलेसम्म सप्तरीमा ११ हजार ७ सय ७९, सिरहामा ५ हजार ८ सय ३९, धनुषामा ८ हजार ७ सय ९७, महोत्तरीमा ५ हजार २ सय १८, सर्लाहीमा ९ हजार ६१, रौतहटमा १८ हजार २ सय ८७, बारामा ६ हजार ६ सय ९ र पर्सामा १५ हजार ७ सय २६ जना गरि जम्मा ८१ हजार ३ सय १६ जनाको स्वाब परिक्षण गरिएकोमा ७ हजार १ सय ७६ जना संक्रमित भएका छन् भने ६४ हजार ९ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा सबैभन्दा बढी रौतहटमा १ हजार ४ सय २५, पर्सामा १ हजार ३ सय २४, धनुषामा १ हजार ७१, महोत्तरीमा १ हजार २३, सर्लाहीमा ९ सय ६४, सप्तरीमा ६ सय ६७, बारामा ४ सय ३५ र सिरहामा २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५५ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएको समेत निर्देशनालयले जनाएको छ । अस्पतालबाट डिस्चार्ज हुनेहरुमा धनुषाका १५, महोत्तरीका १५, सर्लाहीका १९ र बाराका ६ जना व्यक्तिहरु रहेका छन् ।

प्रदेश नम्बर २ मा अहिलेसम्म पर्सामा २१, धनुषामा ९, बारामा ६, सप्तरीमा ३, रौतहटमा ३, सिरहामा २, महोत्तरीमा २ र सर्लाहीमा १ जना गरी ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप