शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेलपे सेल्सवेरी अफरः  सेल्सवेरीमा सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

सोमबार, ०१ भदौ २०७७, १८ : ५३
सोमबार, ०१ भदौ २०७७

काठमाडौं । सेलकमको सेलपे सेवाले सेल्सवेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सवेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ्र ।

यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सवेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गरे १५ प्रतिशत डिस्काउन्ट (अधिकतम ५००) पाउने छन् । 

सेलपे सेल्सवेरी अफरमा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सवेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्न सकिन्छ । र सेलपे एप्पमा रहेको ‘पे मर्चेन्ट’ क्लिक गरी काउन्टरमा रहेको स्क्रिनमा देखाएको क्यूआर कोड स्क्यान गरि भुक्तानी गर्न सकिन्छ ।

यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाइलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र । 

सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप