प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिन माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले त्यस्तो माग गरेका हुन् । ४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो ।
‘१४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ । यो उहाँकै नेतृत्वमा सम्भव भएको हो ।सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’
कुलमानको ४ वर्षे कार्यकाल यही २९ गते सकिँदैछ । उनको कार्यकाल सकिएसँगै सो पदका लागि दौडधुप गर्नेको संख्या बढ्दै गएको बताइन्छ । यस्तो अवस्थामा प्राधिकरणका करिब १५ हजार कर्मचारीको साझा संस्थाको रुपमा रहेको ट्रेड युनियनले उर्जामन्त्री सहित विद्युत् क्षेत्रका सबैजसो व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा यस्तो माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
दिमागलाई तेज बनाउन चाहनु हुन्छ ? खानुस् यी तीन पेय पदार्थ
-
पहिलोपटक मनाइयो राष्ट्रिय याक दिवस
-
शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस
-
काठमाडौँ महानगरपालिकाले 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
-
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन