काठमाडौंमा सुट भएको थियो अमिताभ बच्चनको यो चर्चित फिल्म, निभाए तीन भिन्न पात्र
अमिताभ बच्चन धेरैजसो आफ्नो फिल्मको पुरानो फोटो सेयर गरेर प्रशंसकलाई फिल्मको नाम बताउन भन्छन् । उनको यो ‘गेस द मुभी’ गेम प्रशंसकबीच निकै लोकप्रिय पनि छ । तर यसपटक कसैले उनलाई ट्याग गरेर उनकै एउटा फोटो सेयर गरेर फिल्मको नाम बताउन भने । यसको जवाफमा अमिताभ बच्चनले सीनबारे विस्तृत जानकारी दिए ।
अमिताभले फोटोलाई रि–ट्वीट गर्दै लेखे, ‘यो ‘महान’ को हो जुन नेपालको काठमाडौंमा सुट गरिएको थियो ।’ तस्बिरमा अमिताभ बच्चन स्विमिङ पूलको साइडमा हातमा सुन्तलाको जुस लिएर बसिरहेको देख्न सकिन्छ । प्रयोगकर्ताले यो फोटोमा रोचक कमेन्ट गरेका छन् ।
I shall tell you .. 'Mahaan' shooting in Kathmandu Nepal 🤣🙏 https://t.co/N4B2xYnqQ3
— Amitabh Bachchan (@SrBachchan) August 16, 2020
एक प्रयोगकर्ता लेख्छिन्, ‘जिनत अमान तपाईंलाई भाडाको श्रीमान् बन्न भन्छिन्... निकै रोचक दृश्य ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘अमिताभ बच्चन जीको फिल्म महान् जसमा उनले तीनवटा चरित्र निर्वाह गरेका छन्, निकै शानदार फिल्म ।’
I shall tell you .. 'Mahaan' shooting in Kathmandu Nepal 🤣🙏 https://t.co/N4B2xYnqQ3
— Amitabh Bachchan (@SrBachchan) August 16, 2020
अर्का एक प्रयोगकर्ताले महान फिल्ममा उनको भूमिकाबारे चर्चा गर्दै लेखे, ‘हामीलाई याद छ र फिल्म दिल्लीमा पनि छायांकन गरिएको थियो, पहिलो र अन्तिम पटक तीन भूमिका तपाईंले निभाउनुभयो जुन भिन्न–भिन्न चरित्रमा थिए । यी पात्रलाई हेर्दा यो एकै कलाकारले निर्वाह गरेको जस्तो देखिँदैनथ्यो । प्रहरी इन्स्पेक्टरको भूमिकामा भिन्न हाउभाउ थियो । तीन हिरोइन र अरुणा इरानी ।’
#BeautifulSong#HappyIndependenceDay ❤️🇮🇳❤️ pic.twitter.com/gazXf6QVXA
— RAJESH JAIN💐 (@jain_rrjain2003) August 16, 2020
I shall tell you .. 'Mahaan' shooting in Kathmandu Nepal 🤣🙏 https://t.co/N4B2xYnqQ3
— Amitabh Bachchan (@SrBachchan) August 16, 2020
I shall tell you .. 'Mahaan' shooting in Kathmandu Nepal 🤣🙏 https://t.co/N4B2xYnqQ3
— Amitabh Bachchan (@SrBachchan) August 16, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ