शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा लागूऔषधसहित एक युवक पक्राउ

सोमबार, ०१ भदौ २०७७, १३ : २५
सोमबार, ०१ भदौ २०७७

दार्चुला । लागूऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका­२ स्थायी घर भई हाल महाकाली नगरपालिका­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा  लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । भूलका साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । सोधपुछका क्रममा भूलले प्रहरी जवान नरेन्द्र टेरमाथि नै आक्रमण गरेको एवं प्रहरी निरीक्षक जोशीले बताए । 

भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मुद्धा दर्ताको तयारी भएको   छ । यसअघि बन्दाबन्दीका समयमा प्रहरीले दार्चुलामा तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप