शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अबरुद्ध

सोमबार, ०१ भदौ २०७७, १२ : ५०
सोमबार, ०१ भदौ २०७७

गलकोट । अविरल वर्षापछि गएको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्र्तगतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको हो । केही दिनदेखिको निरन्तरको वर्षाका कारण निसीखोला गाउँपालिकको एक दर्जन बढी स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।  

निसीखोलाअन्र्तगत ठूलो पहिरो खसेका कारण शनिबारदेखि लोकमार्ग अबरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए । मध्यपहाडी लोकमार्गअन्र्तगतको निसीखोलामा सडक माथिदेखि खसेको पहिराले पैदल आवतजावत गर्न नसकिने गरी सडक भत्किएको स्थानीय मानबहादुर कार्कीले बताए । उनका अनुसार लोकमार्गको देवीस्थान, खाडु, ढुवाँखोर, जुग्जाखोलालगायतका स्थानमा बस्तीसमेत जोखिममा पर्ने गरी सडक अवरुद्ध भएको छ । 

बुर्तीवाङ बजारदेखि निसीखोला गाउँपालिका–५ को बडावनखोलासम्मको खण्डमा दर्जन बढी पहिरो खसेका कारण लोकमार्ग अबरुद्ध भएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । वर्षाका कारण मध्यपहाडी लोकमार्गले सडक कालोपत्रे गर्ने काम समेत प्रभावित बनेको छ । धेरै स्थानमा पहिराले सडक अबरुद्ध हुँदा खुलाउन सकेत कठिन भएको उनको भनाइ छ । लोकमार्ग खुलाउने प्रयास भइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए । लोकमार्ग अबरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम रोल्पा जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप