काठमाडौंका एक कोरोना संक्रमित कर्मचारीको हारगुहार : ‘मलाई बचाइदिनुहोस्’
वरिष्ठ पशुस्वास्थ्य प्राविधिक म ४७ वर्षको भएँ । मेरो घर अछाम, पञ्चदेवल विनायक नगरपालिका १ ढकाल गाउँ पर्छ । केन्द्रीय पशुचिकात्सालय त्रिपुरेश्वरमा काम गर्छु । २७ वर्ष भयो जागिर खाएको । गएको साउन २७ गते स्वाव संकलन भयो । २९ गते कोरोना पोजिटिभ आयो । मसहित कार्यालयका ५ जनालाई कोरोना संक्रमण पुष्टि भयो ।
अरु सर तथा साथीहरु होम क्वारेन्टाइनमा बसेका छन् । अहिले म पनि आइसोलेशनमा बसेको छु । कार्यालयको कम्पाउण्डमा गाडी पार्किङ गर्ने ठाउँमा छुट्टै बसेको छु । अँध्यारो सानो कोठा छ बत्ति छैन । अध्याँरो कोठामा सुतेको छु । मलाई कोरोनाको लक्षण पनि देखिएको छ ।
सास फेर्न गाह्रो हुन्छ, छाती दुखिरहेको छ । टाउको दुख्छ, मेरुदण्डको पूरै भाग दुख्छ । १ सय १ देखि १ सय २ डिग्रीसम्म ज्वरो पुग्ने गरेको छ । आधा घण्टा एक घण्टासम्म हनहनी ज्वरो आउँछ ।
खान मन केही पनि लाग्दैन । बेसार, अदुवा, टिमुर, नुन, लसुन अनि गुर्जाेको रस र बोजो सेवन गरेर बसेको छु ।
भात देख्यो भने वाक्क लाग्छ । रोटी देख्यो भने पनि वाक्कै लाग्छ मलाई । दिनमा १० लिटर पानी खान्छु । यसैले म बाँचिरहेको छु अहिले । हिजो दिनभरीमा एक दाना स्याउ खाएँ ।
अहिलेसम्म कसैले केही सहयोग छैन । राज्यले अलि सहयोग गरिदिए हुनेथियो । आइसीयूमा पनि हामीले पैसा तिर्नुपर्ने हो भने त मसँग पैसा नै छैन । असार १२ गते तलब खाएको हो त्यसपछि पैसा नै छैन ।
साउनको तलबको अख्तियारी नै आएको छैन । मलाई डर के भने आईसीयूमा जानुप¥यो र रकम बुझाउनुप¥यो भने मलाई गाह्रो हुन्छ । सरकारले सहयोग गरे दुईचार दिन म आइसीयूमा बस्थेँ र स्लाइन चढाउँथे ।
मेरो परिवारमा श्रीमती र ३ सन्तान छन् । त्रिपुेश्वर कम्पेक्स, पशुस्वास्थ्य निर्देशनालयको खाली भागमा हामीले छाप्रो हालेर बसेका छौँ ।
उपचार पाएँ मलाई राम्रो हुन्थो कि भन्ने लागेको छ । जोर्नीहरु सुन्निएर साह्रै दुखेको छ । केही साथीहरुसँग अस्पतालको बेड मिलाईदिन कुरा पनि गरेको छु तर अहिलेसम्म अस्पताल जान सकेको छैन । मैले कसरी उपचार पाउँछु होला ?
( वरिष्ठ पशुस्वास्थ्य चिकित्सक (नाम नखुलाइएको) ले रातोपाटीमार्फत उपचारका लागि गरेको अनुरोध )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण