बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

सोमबार, ०१ भदौ २०७७, १२ : ४६
सोमबार, ०१ भदौ २०७७

इलाम । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।  
 उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।  

उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप