पोखरा महानगर एक साता सिल हुने
पोखरा – संक्रमितको संख्या बढेपछि पोखरा महानगर एक साताको लागि सिल हुने भएको छ । आइतबार महानगरमा बसेको सर्वदलीय बैठकले बढ्दो संक्रमितको दर कम गर्न एक साता लकडाउन गर्न सुझाएको थियो ।
पोखरा महानगरका मेयर मानबहालुर जीसीले एक हप्ताको लागि पूरै महानगर शिल हु्ने पुष्टि गरे । अत्यावश्वक बाहेकका सबै सेवा ठप्पा पारिने उनले जानकारी दिए । ‘पूरै सिल गछौं । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गछौं,’ उनले भने ।
मेयर जीसीका अनुसार सार्वजनिक सवारी ठप्प रहे पनि अत्यावश्यक सेवाका ढुवानी भने रोकिने छैन । राजीतिक दल सहितको छलफलमा संक्रमण दर कम गर्न लकडाउन गर्नुपर्ने सुझाव आएपछि सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म निषेधाज्ञासहितको लकडाउन गर्ने निर्णय गरिएको मेयर जिसीले जानकारी दिए ।
महानगरले लकडाउनको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरि सकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले महानगरले गरेको सिफारिस आफूहरुकहाँ नआई पुगेको जानकारी दिए ।
महानगरको सिफारिस आइसकेपछि विज्ञहरुको छलफलपछि निर्णय लिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् तिहारको झिलिमिली
-
नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड
-
कोशी प्रदेशको प्राविधिक शिक्षा सङ्कटग्रस्त, विद्यार्थी भर्ना हुनै आउँदैनन्
-
देशभर तिहारको झिलिमिली
-
भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकर
-
प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन्ः सञ्चारमन्त्री गुरुङ