शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो

सोमबार, ०१ भदौ २०७७, ०७ : ५०
सोमबार, ०१ भदौ २०७७

संसारभरी हालसम्म कोरोनाका दुई करोड बढी संक्रमित फेला परिसकेका छन् । तीमध्ये ७.५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना यस्तो पहिलो भाइरस हो जुन संसारको २ सय १५ देश र द्वीपमा फैलिएको छ । यसअघि कुनै पनि भाइरसको प्रकोप यति देशसम्म फैलिएको थिएन । कोरोनाद्वारा संक्रमित ३.५ प्रतिशत मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् । पछिल्लो ८ वर्षमा भाइरस संक्रमणका जति ठूलो रोग आयो त्यसमा कोरोना सबैभन्दा धेरै देशमा फैलियो ।

मारबर्गले ८० प्रतिशत, निपाहले ७८ प्रतिशत र कोरोनाले ३.५ प्रतिशत बिरामीको ज्यान लियोः

कोरोनाको मृत्युदर अन्य संक्रमणको तुलनामा निकै कम छ । यसद्वारा संक्रमित भएका ३.५ प्रतिशत व्यक्तिको ज्यान गएको छ । मृत्युदरको मामिलामा सबैभन्दा खतरनाक भाइरस मारबर्ग थियो । यसद्वारा संक्रमित ८० प्रतिशत व्यक्तिको ज्यान गएको थियो । यस्तै निपाह भाइरसको ७८ प्रतिशत त हेन्ड्रा भाइरसका ५७ प्रतिशत बिरामीको ज्यान गयो ।

कोरोनाका एक संक्रमितमार्फत् ३.५ व्यक्तिमा संक्रमण फैलिरहेको छ, कुनै अन्य भाइरसभन्दा बढी

भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म फैलन्छ । कोरोनाको संक्रमण अन्य कुनै पनि भाइरसभन्दा धेरै मानिसमाझ फैलियो । यसका एक बिरामीले औसतमा ३.५ प्रतिशत व्यक्तिमा संक्रमण फैलायो । कोरोनापछि सबैभन्दा धेरै फैलने भाइरसमा सार्सको नाम आउँछ । यसका एक संक्रमितले तीन व्यक्तिलाई संक्रमित गर्यो ।

६० वर्षको इतिहासमा सबैभन्दा धेरै संक्रमितको ज्यान लिने भाइरसको हो ‘मारबर्ग’

कहिलेदेखि कहिलेसम्मः सन् १९६७–२०१४

प्रभावित देशः १३

कूल मृत्युः ४७५

मृत्युदरः ८० प्रतिशत

१३ देशसम्म फैलियो मारबर्ग, ४ सय ७५ को ज्यान गयोः

आजभन्दा ५३ वर्षअघि सन् १९६७ मा यो भाइरस सर्बिया र युगोस्लावियामा सबैभन्दा पहिले देखिएको थियो । सन् १९६७ लेखि सन् २०१४ सम्म यो भाइरसका संक्रमित फेला परिरहे । १३ देशमा यो भाइरसको असर देखियो जसमा धेरैजसो अफ्रिकी देश छन् । हालसम्म भाइरसका ५ सय ८७ संक्रमित मात्रै फेला परेका छन् । सबैभन्दा धेरै अंगोला र डिआर कंगोमा देखिएको छ । यी दुई देशमा ५ सय २८ संक्रमित भेटिएका थिए जुन कूल संक्रमितको लगभग ९० प्रतिशत हो । तर अचम्मको कुरा के हो भने ५ सय ८७ संक्रमितमध्ये ४ सय ७५ को मृत्यु भयो । यो संसारको सबैभन्दा घातक भाइरस हो । यसको मृत्युदर ८० प्रतिशत हो ।

६ महिनासम्म ब्रेक नलिई फैलने पहिलो भाइरस हो कोरोनाः

कहिलेदेखि कहिलेसम्मः सन् २०१९ देखि हालसम्म

प्रभावित देशः २१५

कूल संक्रमितः २.१७ करोड

कूल मृत्युः ७.७० लाख

मृत्युदरः ३.५ प्रतिशत

कोरोनाका एक संक्रमितले ३.५ व्यक्तिमा संक्रमण फैलिरहेको छ, कुनै अन्य भाइरसभन्दा बढी

कोरोना हालसम्म २ सय १५ देशसम्म फैलिसकेको छ । २०३ देश यस्ता छन् जहाँ कम्तीमा एक कोरोना बिरामी छन् । यो यस्तो पहिलो भाइरस हो जुन बिना ब्रेक लिई ६ महिनादेखि लगातार फैलिरहेको छ । हालसम्म दुई करोड १७ लाखभन्दा बढी मानिस यसको चपेटमा आइसकेका छन् । यीमध्ये ७.७ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

बर्डफ्लू १७ देशसम्म फैलियो, ५३ प्रतिशत संक्रमितको ज्यान गयो

कहिलेदेखि कहिलेसम्मः सन् २००३–२०१९

प्रभावित देशः १७

कूल केसः ८६१

कूल मृत्युः ४५५

मृत्युदरः ५३ प्रतिशत

१७ देशमा आइसकेको छ बर्ड फ्लू, हालसम्म ४५५ व्यक्तिको ज्यान गयो

हरेक वर्ष तपाईं कम्तीमा एक पटक यो भाइरसको नाम सुनिरहनुहुन्छ होला । सन् २००३ मा सबैभन्दा पहिला यो भाइरस पंक्षीमार्फत् मानिसहरुमा देखिएको थियो । सन् २००३ देखि २०१९ सम्म यो भाइरसको असर १७७ देशमा फैलिसकेको थियो । सन् २०१९ सम्म कूल ८ सय ६१ संक्रमित फेला परिसकेका थिए । ८ सय ६१ संक्रमितमध्ये ४५५ को ज्यान गयो । यसको मृत्युदर करिब ५३ प्रतिशत छ ।

इबोला १६ देशमा फैलियो, ४० प्रतिशत संक्रमितको ज्यान गयोः

कहिलेदेखि कहिलेसम्मः सन् १९७६ देखि अहिलेसम्म

प्रभावित देशः १६

कूल केसः ३१, ०९५

कूल मृत्युः १२, ९८०

मृत्युदरः ४० प्रतिशत

इबोला सबैभन्दा पहिले सन् १९७६ मा आएको थियो । ४४ वर्षपछि पनि यो भाइरस पूर्ण रुपमा निर्मूल हुन सकेको छैन । यो भाइरस १६ देशमा फैलिसकेको छ । सिरिया, लाइबेरिया र गिनीमा यसको सबैभन्दा धेरै संक्रमित फेला परेको छ । ३१ हजार संक्रमितमध्ये २८ हजारभन्दा बढी संक्रमित यी तीन देशमा भेटिएका छन् जुन कूल संक्रमितको ९२ प्रतिशत हो । यसलाई डब्ल्यूएचओले पब्लिक हेल्थ इमर्जेन्सी घोषित गर्यो । यो संक्रमणले हालसम्म करिब १३ हजार बढीको ज्यान गइसकेको छ । सन् २०१३ देखि २०१६ बीचमा मात्रै सिरिया, लाइबेरिया र गिनीका ११ हजार ३ सय मानिसहरु यो संक्रमणका कारण ज्यान गयो । यसको मृत्युदर ४० प्रतिशतभन्दा माथि छ ।

‘मर्स’ द्वारा संक्रमित ३४ प्रतिशतको ज्यान गयो, २७ देश प्रभावित

कहिलेदेखि कहिलेसम्मः सन् २०१२ देखि अहिलेसम्म

प्रभावित देशः २७

कूल संक्रमितः २४९४

कूल मृत्युः ८५८

मृत्युदरः ३४ प्रतिशत

मर्स भाइरस सबैभन्दा पहिले सन् २०१२ मा सार्वजनिक भएको थियो । पछिल्लो ८ वर्षदेखि अहिलेसम्म पनि यसका संक्रमित फेला परिरहेका छन् । आठ वर्षमा यो भाइरस २७ देशमा फैलिसकेको छ । हालसम्म यो भाइरसका २ हजार ४ सय ९४ संक्रमित भेटिइसकेका छन् । यसका कारण हालसम्म ८ सय ५८ व्यक्तिको ज्यान गइसकेको छ । यो भाइरसको मृत्युदर ३४ प्रतिशतभन्दा माथि छ ।

सार्सले कोरोनाको तुलनामा तीन गुणा बढी थियो मृत्युदरः

कहिलेदेखि कहिलेसम्मः सन् २००२–२००३

प्रभावित देशः ३०

कूल केसः ८४३७

कूल मृत्युः ८१३

मृत्युदरः १० प्रतिशत

सार्स भाइरसका सबैभन्दा धेरै संक्रमित चीन र हङ्गकङमा देखिएा थिए । यो भाइरस ३० देशसम्म फैलिसकेको छ । अहिलेसम्म ८,४३७ मानिस यसद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये सात हजारभन्दा बढी संक्रमित चीन र हङ्गकङमा मात्रै देखिएका छन् । अर्थात्, कूल संक्रमितको ८४ प्रतिशतभन्दा बढी । यो भाइरसका कारण हालसम्म ८१३ को मृत्यु भएको छ अर्थात् मृत्युदर लगभग १० प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप