शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षा

सोमबार, ०१ भदौ २०७७, ०७ : ३३
सोमबार, ०१ भदौ २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको जनाएको छ । 
 
महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक÷दुई स्थानहरुमा वर्षा भइरहेको छ । 

यसैगरी, सोमबार दिउँसो देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । 
 
यस्तै, रातिदेशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भने, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  र प्रदेश नं १ तथा बागमती प्रदेशका एक(दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप