बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थाईल्याण्डमा प्रजातन्त्रको पक्षमा प्रदर्शन

आइतबार, ३२ साउन २०७७, २२ : ३८
आइतबार, ३२ साउन २०७७

एजेन्सी । प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैङ्ककमा विरोध प्रदर्शन भएको छ । प्रजातान्त्रिक हकका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैङ्कक आइतबारको आन्दोलन तय भएको हो । 

थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापन पक्षको गएको केही महिनादेखि भत्र्सना गर्दै करिव दैनिक प्रदर्शनहरू भइरहेका छन् । 

शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराकलाई रिहा गरेपछि उनले बैङ्ककको लोकतन्त्र स्मारकमा जाने आइतवारको जुलुसमा सहभागी हुने वाचा गरेका थिए । “हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उनले भने ।

हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनुअघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका देखिएका बैङ्ककबाट प्राप्त सूचनाहरूमा जनाइएको छ ।  आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतः स्फुर्त सडकमा आएको दावी गर्छन् । उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन् ।

आइतवार बिहान सुरू भएको ‘निरङ्कुशताको अन्त्य गर्नका लागि आन्दोलनमा सहभागिताका लागि आफ्नो साथीलाई सन्देश पु¥याउनुहोस् भन्ने भावको सन्देशले थाईल्याण्डभित्र सामाजिक सञ्जालमा पहिलो प्राथमिकता पाएको थियो । 

आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले गत बर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दावी गरेका छन् । 

गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरी थाइल्याण्डको ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाईल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो । 

थाई नरेश महा वजिरलङ्कोर्नलाई सेना र पूँजीपति व्यवसायी तथा राज्यका सम्भ्रान्तहरूले थाई सत्ताको शीर्षमा राखेको दावी प्रदर्शनकारीहरूले गरेका छन् ।  थाईल्याण्डको अपराध संहिताको धारा ११२ ले प्रत्येक अभियोगको लागि १५ वर्ष जेल सजाय पाएकाहरुलाई पनि सत्ताको आडमा संरक्षण गरेको आरोप प्रदर्शनकारीले लगाएका छन् । 

बढ्दो असन्तुष्टि 

लोकतन्त्र समर्थकको आन्दोलनप्रतिको बढ्दो साहसले राजतन्त्र पक्षधरलाई क्रोधित बनाएको छ ।  आइतवार, राजाको चित्र बोकेका दर्जनौँ राजतन्त्रवादी प्रदर्शनकारीहरू पनि प्रजातन्त्रको स्मारकमा भेला भई आन्दोलनको विरोध गरेका थिए । उनीहरू पहेँलो पोशाकमा भेला भई ‘हाम्रा राजा अमर रहून्’ भन्ने नारा लगाएका थिए । 

सरकार विरोधी प्रदर्शन तथा भेला हुने भनिएको उक्त स्थानमा लगत्तै प्रजातान्त्रिक समूहका प्रदर्शनकारीको ठूलो समूहले प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका थिए । विद्यार्थी नेता पारितको पक्राउभन्दा अघिल्लो दिन, प्रयुतले प्रदर्शनकारीहरुको माग मुलुकको बहुमतका लागि ‘अस्वीकार्य’ भएको भन्दै प्रजातन्त्र समर्थक आन्दोलनलाई ‘जोखिमपूर्ण’ बताएका थिए । तर पछि उनले टेलिभिजनमा गरेको सम्वादमा थप सुझबुझसहित ‘भविष्य युवाको भएको’ भन्दै एकताका लागि थाई युवाहरूसँग अनुरोध गरेका थिए ।

थाइल्याण्डले लामो समयदेखि हिंस्रक प्रदर्शन र विद्रोहको चक्रहरूको सामना गरेको छ, जहाँ राजावादी थाई  सेनाले दर्जनभन्दा बढी पटक अनपेक्षितरूपमा सत्तालाई कब्जामा लिई प्रजातान्त्रिक समूहलाई पाखा लगाउने र  निरंकुशतालाई प्रोत्साहन गर्ने गरेको छ । 

थाईल्याण्डमा बढ्दो असन्तुष्टिको कारक राज्य सन् १९९७ पछि कोरोनाभाइरस महामारीको कारण सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको छ ।  महामारीका कारण लाखौं बेरोजगार बनेका छन् र सङ्कटले थाई अर्थव्यवस्थामा असमानताहरूलाई उजागर गरेको छ । यसको फाइदा सम्भ्रान्त, सैनिक समर्थक प्रतिष्ठानलाई भइरहेको बताउने गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप