शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको कोरोनाभाइरस उपचार कोषमा नबिल बैंकको ६ करोड सहयोग

आइतबार, ३२ साउन २०७७, १८ : ५४
आइतबार, ३२ साउन २०७७

काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैया“ हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँ चौधरीको पनि उपस्थिति रहेको थियो ।   

उक्त समारोहमा शाहले नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरूविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान भएको बताए । उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आºना ग्राहकहरूलाई बैंङ्किङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप