बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूरोडका व्यापारीलाई कोरोना परीक्षण अनिवार्य

खर्च आफैं व्यहोर्नुपर्ने, स्वास्थ्य परीक्षण टोलीको व्यवस्था वडाले गर्ने
आइतबार, ३२ साउन २०७७, १८ : ३२
आइतबार, ३२ साउन २०७७

काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । आइतबार वडाध्यक्षसहित सो क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै बजार खोल्नुपर्ने निर्णय गरेको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

त्यसका लागि वडाले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक टोलीलाई न्यूरोड क्षेत्रमै आएर स्वाव संकलन गर्ने व्यवस्था मिलाउनेछ । त्यसरी परीक्षण गर्दाको खर्च भने सम्बन्धित व्यापारीहरुले नै व्यहोर्नुपर्ने स्पष्ठ पारिएको छ ।  ‘वटु क्षेत्रमा २ जनामा कोरोना संक्रमण देखिएपछि हामीले २७ गते नै एक साताका लागि सबै पसल बन्द गर्ने निर्णय गरेका थियौं । अब ३ गतेदेखि खुल्छ । तर, अहिले जसरी ‘न्यूरोड क्षेत्रको हावापानीमै कोरोना छ’ भन्ने ढंगले प्रचार गरिएको छ, हामीले त्यसलाई चिर्नुपर्नेछ । त्यसैले पीसीआर परीक्षण गरेर मात्रै  सो तयारीका लागि दुई दिन न्यूरोडका पसलहरु बन्द गर्ने निर्णय समेत गरिएको छ । यो निर्णय वडा आफैंले गरेको होइन, व्यवसायीसँग छलफल गरेरै भएको हो’ वडाध्यक्ष महर्जनले भने । 

उनले सबै व्यापारीलाई न्यूरोड बजार सुरक्षित छ भन्ने विश्वास दिलाउनेगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह समेत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप