शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब्बल बन्दै सहकारी बैंक, यस्तो छ प्रगति विवरण

आइतबार, ३२ साउन २०७७, १७ : ५०
आइतबार, ३२ साउन २०७७

काठमाडौं । कोरोना कहरकै बीच बाणिज्य बैंक र विकास बैंकलाई पछि पार्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । 

सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको देख्न सकिन्छ ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । 

बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयर पुँजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ, बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो । 

बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडी सहकारी बैंक हालसम्म गत आ.व.को चौंथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा बाणिज्य बैंकमा सिभिल बैंकको भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन ।

७७ जिल्लाका सबैखाले सहकारी संघ÷संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ÷संस्था सदस्य रहेका छन् भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ । बैंकमा चार्टर्ड एकाउन्टेन्ट बद्री कुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन् भने बैंकका अध्यक्षमा वरिष्ठ सहकारीकर्मी के.वी. उप्रेती छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप