बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

आइतबार, ३२ साउन २०७७, १६ : ४६
आइतबार, ३२ साउन २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १०४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक पुरुष र मोरङमा १ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।
 यस्तै गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी १ सय ४ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप