उपत्यकाका १७२ सहित देशभर ६४१ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको जानकारी दिए ।
उनका अनुसार उपत्यकाका संक्रमितमध्ये काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना छन् ।
यस्तै हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ भने मृतकको संख्या १०४ पुगेको छ ।
थप १२ हजार २ सय ४७ पीसीआर परीक्षण
पछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ४७ पीसीआर परीक्षण हुँदा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएका हुन् । यसैगरी हालसम्मको जम्मा परीक्षण ५ लाख १७ हजार ९०७ रहेको छ।
अहिले आइसियुमा १ सय जना उपचाररत रहेका छन । प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
सक्रिय संक्रमित ९ हजार बढी
देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । प्रदेश नम्बर १ मा ८३ हजार ८ सय ६९, बागमती प्रदेशमा २ हजार ८६ र गण्डकी प्रदेशमा २ सय ८० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ४० कर्णाली प्रदेशमा २ सय १३ र सुदूरपश्चिम प्रदेशमा ७ सय ७० गरी ८ हजार ७ सय २४ जना विभिन्न अस्पतालका आइलोसेलनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा ९३ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ५ र प्रदेश नम्बर ५ मा १ सय ८१ जना होम आइलोसेलनमा रहेका छन् । यस्तै कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १२ जना संक्रमित गरी ४ सय ९७ जना होम आइलोसेनमा रहेका छन् ।
डिस्चार्जको प्रदेशगत विवरण
आइतबार १ सय ३४ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या १७,३३५ पुगेको हो ।
प्रदेश नम्बर १ मा १ हजार १ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ६ सय १२, बागमती प्रदेशमा ६ सय ५४ र गण्डकी प्रदेशमा १ हजार ५ सय २८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८८, कर्णाली प्रदेशमा १ हजार ९ सय ३८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् ।
क्वारेन्टिमा रहेकाको विवरण
देशभरी क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा १ हजार ६ सय ३१, बागमती प्रदेशमा १ हजार ७ सय ४० र गण्डकी प्रदेशमा २ हजार ९ सय ९९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ८, कर्णाली प्रदेशमा ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ७६ जना क्वारेन्टिनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल