शिवम् सिमेन्ट बिक्रीमा ह्रास आएपछि नाफा घट्यो
![शिवम् सिमेन्ट बिक्रीमा ह्रास आएपछि नाफा घट्यो](https://rpcdn.ratopati.com/media/albums/Shivam__ysTZG7AX3k.jpg)
काठमाडौं । शिवम्को सिमेन्ट बिक्रीबाट हुने आम्दानी ११ अर्ब ३४ करोड रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा झरेको छ । यसले सिमेन्टको नाफा प्रभावित भएको छ ।
शिवम् सिमेन्टको नाफा अघिल्लो वर्षको भन्दा ३०.१२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौंथो त्रयमासमा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सिमेन्टले अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । लक डाउनका कारण निर्माण कार्य प्रभावित हुँदा सिमेन्ट बिक्रीमा कमी आएको हो । शिवम्को अन्य स्रोतबाट १ करोड ३१ लाख रुपैयाँ कमाई भएको छ । अघिल्लो वर्ष १ करोड ३७ लाख रुपैयाँ अन्य स्रोतबाट कमाई भएको थियो ।
हाल विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण नियमित उद्योग सञ्चालन हुन नसक्दा कारोबार प्रभावित भएको र उत्पादन तथा बिक्री वितरण लगायतका कार्यहरुमा असर परेको कम्पनीको भनाई छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सेयर प्रिमियम शीर्षकमा ९४ करोड रुपैयाँ छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा रहेको पैसा बोनस वितरणमा खर्च गर्न सकिन्छ ।
यस अवधिमा कम्पनीको बिक्री लागत ६ अर्ब ४७ लाख हजार रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ०६ पैसा (वार्षिक) रहेको शिवम्को प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ४३ पैसा छ । शिवम्ले सहायक कम्पनीहरुमा ३ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म