दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित

एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ ।
उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले आइतबार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ३६७ जना सङ्क्रमित भएका थिए । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ ।
पछिल्लो समयमा भेटिएका नयाँ सङ्क्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ । सङ्क्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरुले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।
देशका अन्य मुख्य सहरहरु बुसन, डेगुलगायतमा पनि सङ्क्रमण फैलिएका विवरणहरु आइरहेका छन् । ती ठाउँहरुमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको सङ्क्रमणका केन्द्रविन्दुहरु भएका थिए । जहाँ दैनिक सयौँ नयाँ नयाँ सङ्क्रमितहरु भेटिने गरेका थिए । सङ्क्रमितहरुको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाई गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
-
गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
-
मर्स्याङ्दी जलविद्युत प्रभावित १९ परिवालाई मुआब्जा वितरण, प्रतिरोपनी एक करोड ८४ लाख
-
जुम्लामा आजदेखि दुई दिन हिमाली संवाद, कर्णालीको ८ जिल्लाका युवा सहभागी हुँदै