पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय कम्प्यूटर कोर्सको निःशुल्क प्रशिक्षण दिँदै डिजी स्कुल
काठमाडौं । कोभिड–१९ को विषम परिस्थितीका कारण ठप्प शैक्षिक गतिविधिलाई केही चलायमान बनाउन डिजी स्कुलले निःशुल्क कम्प्यूटर कोर्स गराउे भएको छ । विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कुलले पचास हजार विद्यार्थीलाई अनलाइनबाटै निःशुल्क कम्प्यूटर शिक्षा दिने अभियान ल्याएको हो।
बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एन सि सि एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्यूटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो । लामो समयदेखि आइटी र ब्यवस्थापनमा अध्यन गराउँदै आएका सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्स र सनवे कलेजको सहकार्यमा डिजी स्कुल नेपालमा संचालित छ।
हालसम्म नेपालका करिब पचास बढि स्कुलहरू डिजी स्कुलको कम्प्युटर पाठ्यक्रमबाट लाभान्वित भएका छन। डिजी स्कुलको सहयोगमा ति स्कुलले डिजी स्कुलको पाठ्यक्रम अनलाइन कक्षा मार्फत पढाउँदै आएका छन् ।
डिजी स्कुलले निःशुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरुलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्विज र प्रमाणपत्रसहित बिद्यालय ब्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दछ ।
कोभिड–१९ को महामारीको अवस्थामा डिजी स्कुलले कम्प्यूटर कोर्षको भिडियो कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परिक्षाको ब्यवस्थापन सबै अनलाइनबाटै गरेको छ। विद्यार्थीहरुले प्रत्येक पाठ्यक्रम पुरा गरे बापत प्रमाणपत्र प्राप्त गर्नेछन्।
डिजी स्कुलका संस्थापक एवम् सिइओ बिज्ञान श्रेष्ठ भन्छन्, ‘यो समय प्रविधिको हो । कम्प्यूटर सीप आधारभूत बनाउनुपर्दछ, अर्थात् स्कुलको स्तरबाटै । आजका बच्चाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेका छन् । नेपालका स्कुलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट वञ्चित हुनु हुँदैन । डिजी स्कुलको अवधारणा भनेको प्रविधिको प्रयोग गरी स्कुल स्तरमा कम्प्यूटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्नु रहेकोे श्रेष्ठले बताए।
प्राय जसो विद्यालयहरू चुनौती र कठिनाइहरूको सामना गर्दै पाठ्यक्रम वितरण गर्न शिक्षकहरू समेत खोजिरहेका छन् । कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन् । केही विद्यालयहरूसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन् । त्यसैले प्रविधिको सदुपयोग गरि वेबसाइटमा लग इन गरेर डिजी स्कुलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन्।
विद्यार्थीले विद्यालय तहमै वेबसाइट, र मोबाइल एप बनाउन सक्षम हुने श्रेष्ठले बताए। सिपमुखी पढाइ भएकाले आइटी अध्यन गर्नेहरु स्वरोजगार बन्ने र इन्रनेटले पुरै बिश्व एउटा गाउँ बनाएको समयमा घरबाटै देश बिदेशको विभिन्न काम गर्न सक्ने श्रेष्ठको भनाइ छ।
अनलाइन भएकाले डिजी स्कुल विश्वव्यापी अभियान हो। विदेशमा रहेका नेपाली बालबच्चालाई समेत आवद्ध गराउन सुरु गरिएको श्रेष्ठले बताए । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, यूके, दुबई, मलेसिया लगायत देशमा बसोबास गरिरहेका अभिभावकहरूले पनि डिजी स्कुलको पाठ्यक्रममा भर्ना हुन सक्छन् र उनीहरूलाई पाउनु पर्ने उत्तम आईटी शिक्षा दिन सक्ने डिजी स्कुलका सह–संस्थापक घनश्याम घिमिरले बताए।
डिजी स्कुलमार्फत कम्प्युटर कोर्स गर्न चाहने विद्यालय एवं विद्यार्थीले डिजी स्कुलको वेबसाइट (digischoolglobal.com/register) मा गएर आफ्नो जानकारी सहित दर्ता गर्न सक्नेछन् वा ९८०१२२४२५५ मा सम्पर्क गरेर एवं [email protected] मा इमेल गरेर पनि सहभागी हुन सक्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की