बल्खु खोलामा पुरुषको शव फेला, हत्या आशंका
आइतबार, ३२ साउन २०७७, १३ : ५७

काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ ।
कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले रातोपाटीलाई जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ ।
शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?