न्युजिल्याण्डमा थप १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, अकल्याण्ड तह तीनको लकडाउनमा
न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै देशमा थप प्रतिबन्धहरु लागू गरिएको छ ।
थप भएका मध्ये १२ जना अकल्याण्डका रहेका छन् जसको हालै बाहिर यात्रा गरेको कुनै रेकर्ड छैन । सबैको सम्बन्ध हालै देखिएको क्लस्टरसँगै सम्बन्धित देखिएको छ ।
बाँकी एक जना भने अगस्तको शुरुवातमा अफगानिस्तानबाट आएका एक बालक रहेका छन् ।
महामारी शुरु भएका यता न्युजिल्याण्डमा १२ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशमा ६१ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये २० जना बाहिरबाट आएका रहेका छन् भने बाँकी स्थानीय संक्रमित छन् ।
शुक्रबार प्रधानमन्त्री जसिन्डा आड्रेनले अकल्यान्ड १२ दिनसम्म तह तीनको लकडाउनमा रहने घोषणा गरेकी थिइन् । बाँकी देशमा भने तह दुईको प्रतिबन्ध कायम रहने छ ।
नयाँ संक्रमित फेला परेको ५ दिनअघि मात्र न्युजिल्याण्डले १०० दिन कुनै पनि संक्रमित फेला नपरेको कोशेढुंगा पार गरेको थियो । तर, यति चाँडै न्युजिल्याण्डको अवस्था फेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण