बालबालिकालाई ‘लोभ देखाएर’ कानको मुन्द्रा लुटपाट
काठमाडौं । काठमाडौंमा खेलिरहेका बालबालिकालाई प्रलोभनमा पारेर कानको मुन्द्रा निकालेर भाग्ने ‘लुटेरा’ सक्रिय भएका छन् । पछिल्लो एक महिनायता काठमाडौं उपत्यकामा यस्तो शैलीको ‘अपराध ट्रेण्ड’ देखिएको छ ।
काठमाडौं–३२ कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पछाडि ३ जना बालिका खेल्दै थिए । कुर्ता, सुरुवाल लगाएर सलले टाउको छोपेकी एक अधिवैंशे महिलालाई आएर ती बालिकालाई ‘साइकल किन्दिन्छु’ भन्दै फकाइन् । साउन दोस्रो साताको कुरा हो, साइकल पाउने लोभमा ९–१० वर्षका ती बालिका खुसी भए । अनि, एकान्तमा लगेर उनीहरुको कानको मुन्द्र निकालेर महिला भागिन् ।
कोटेश्वरमा मात्र हैन, यसरी बच्चालाई केन्द्रित गरेर सुन लुट्ने घटना लैनचौर, बालाजु, काँडाघारी, मुलपानी र सुकेधारा लगायतका क्षेत्रमा देखिएका छन् । ‘करिब एक महिनाअघि सोह्रखुट्टे क्षेत्रमा एउटा बच्चालाई फकाएर घरबाट टाढा लगेर मुन्द्रा लुटेको घटना हाम्रो नोटिसमा छ’ महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डीएसपी दीपक खड्काले भने, ‘अनुसन्धान गरिरहेका छौं, लुटेरा फेला परेको छैन ।’
मुन्द्रा लुटेराको निशानामा ६ देखि १२ बर्ष उमेर समूहका कानमा सुनका मुन्द्रा लगाएका बालबालिका पर्ने गरेका छन् । पहिले चकलेट, जुस खुवाएर तथा साइकल किन्दिन्छु भनेर बच्चालाई एकान्तमा लाने अनि लुटेर भाग्ने गरेको पाइएको छ ।
महानगरीय अपराध महाशाखाले ‘विशेष टोली’ बनाएर सो घटना अनुसन्धान गरिरहको छ । ‘सुन लुटेर भाग्ने व्यक्तिबारे अनुसन्धान भइरहेको छ’ महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले भने, ‘बच्चालाई टार्गेट गरेर फकाउने र लुट्ने गरेको देखिन्छ ।’
महिला सक्रिय
सिसिटिभी क्यामेराको दृश्यमा कुर्ता, सुरुवाल लगाएको एक अधवैशे महिलाले बच्चालाई फकाएर एकान्तमा लगेको देखिएको छ ।
तर, मुन्द्रा लुटेको दृश्य सिसिटिभीमा देखिएको छैन । प्रहरीले सिसिटिभी फुटेजमा देखिएको महिलामाथि केन्द्रित भएर अनुसन्धान गरिरहेको छ । सुन दैनिक महंगो भएपछि बच्चाको मुन्द्रा कलेक्सन गरेर बेच्ने उद्धेश्यले मुन्द्रा लुटपाट भएको हुनसक्ने बताइएको छ ।
कतिपय बच्चालाई दश–बीस रुपैयाँ पैसा दिएर पनि फकाएर लुट्ने गरेको पीडित बालबालिकाका परिवारले बताएका छन् । पछिल्लो एक महिनाको अवधिमा काँडाघारी क्षेत्रमा मात्रै पाँच वटा मुन्द्र लुटपाटका घटना भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण