केन्द्रीय संस्करण
अन्तरवार्ता

‘लकडाउन खुलेपछि मान्छे फुत्केको गोरुजस्तै भए, के फरक पर्छ र ह्या भन्ने अवस्थामा आए’

​मनोविश्लेषक बासु आचार्यसँग वार्ता

person explore access_timeसाउन ३२, २०७७ chat_bubble_outline0

कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउन खोलेपछि दैनिक ४ सयदेखि ५ सय कोरोना सङ्क्रमित थपिइरहेका छन् । विशेष गरेर सहरी क्षेत्रमा कोरोना सङ्क्रमणको दर अझ बढिरहेको छ भने मृत्युदर पनि बढ्दै गएको छ । नेपालमा सुरुवातमा थोरै सङ्क्रमित थपिँदा पनि मान्छेमा जुन त्रास थियो अहिले उल्लेख्य मात्रामा सङ्क्रमण बढ्दा पनि पहिलेको जस्तो चिन्ता र त्रास हटेको छ । मानिसहरू स्वास्थ्य सुरक्षाका लागि दैनिक अपनाउनुपर्ने विधिहरू जस्तै मास्क लगाउने, भीडभाड नगर्ने, सही तरिकाले मास्क लगाउने कुराको उल्लङ्घन गरिरहेका छन् । कोरोना सङ्कटको यो अवस्थामा मानिसहरूको मनस्थिति कुन रूपमा विकास भइरहेको छ त ? किन उनीहरूमा डर हराइरहेको छ ? प्रस्तुत छ यिनै समसामयिक विषयमा मनोविश्लेषक बासु आचार्यसँग रातोपाटी संवाददाता शम्भु दङ्गालले गरेको कुराकानी :

कोरोना भाइरसको सङ्क्रमण झन् झन् बढ्दैछ तर सर्वसाधारणहरू मास्क लगाउने, स्वास्थ्य सावधानी अपनाउने कुरामा अटेरी बन्दै गइरहेका छन् । कोरोनाबाट जोगिने उपायबारे विभिन्न माध्यमबाट जनचेतना जगाउने काम हुँदा पनि मानिसहरूको व्यवहार किन परिवर्तन हुन नसकेको होला ?

मानिसहरू मलाई सर्दैन, केही हुँदैन भनेर अभ्यस्थ भइसकेका हुन्छन् । पहिला सङ्क्रमणको डर निकै भयो । डरले यति असहज भयो कि मान्छेहरू घरबाट बाहिर एक पाइला पनि राखेनन् । लकडाउनको बेला मृत्युदर कम थियो, यसले केही गर्ने रहेनछ, के फरक पर्छ र ह्या भन्ने अवस्था आउन थाल्यो । उनीहरूमा डरको तह घटिसकेपछि तनाव भएन भने मान्छेले यस्तो लत्तो छोड्ने हुन्छ । सुरक्षाका लागि मानिस गम्भीर हुनुपर्ने त हो । मान्छे गम्भीर नहुनुको आधार अब के फरक पर्छ र ? सङ्क्रमित दर धेरै भए पनि मृत्युदर कम हुँदो रहेछ भन्ने लाग्ने र नाकमुनि मास्क लगाउने, चिउँडोमा लगाउने गरिरहेका छन् । यस्तो प्रवृत्तिले नै सङ्क्रमण दर बढ्ने गर्छ ।

प्रहरीले हरेक दिनजसो मास्क नलगाउनेलाई कारबाही गरेर लाखौँ राजस्व सङ्कलन गरेको भन्छ । सजाय कारबाही गर्दा पनि मान्छेले गम्भीरतापूर्वक लिएका छैनन् । उनीहरूको व्यवहार परिवर्तन कसरी गर्न सकिएला ?

यसमा जनचेतना नै मुख्य कुरा हुन्छ । हाम्रोमा तल्लो तहबाट नै जनचेतना पुगिरहेको छैन । के हुन्छ भने सङ्क्रमण, यसको मृत्युदर, फैलाउन सक्ने सम्भावनाबारे धेरै सूचना मात्र  भयो । प्रत्येक सूचना जनचेतना हैन, मानिसमा जनचेतनाको कमी भयो । त्यसकारण सम्पूर्ण पक्षबाट आआफ्नो तरिकाबाट लागिपर्नुपर्ने हुन्छ । दोस्रो कुरा भनेको हरेक परिवार यो विषयमा गम्भीर हुनुपर्यो । समाजका व्यक्तिहरू पनि गम्भीर हुनुपर्छ । तिमीले मास्क लगाएनौँ भने मलाई गाह्रो हुन्छ, मैले मास्क लगाइनँ भने तिमीलाई गाह्रो हुन्छ भन्नुपर्छ । अर्को कुरा यो विषयमा मिडियाहरूले पनि अलि बढी सजगता अपनाउनुपर्छ । मास्क नलगाए पनि मलाई के फरक पर्छ र भन्ने सोचाइ छ । त्यो सोचाइ तोड्नुपर्छ ।


घाँटी थिचेर बसेको मान्छेलाई एकैचोटि घाँटी खोलीदिँदा कस्तो हुन्छ ? तनावले विक्षिप्त भएर घरमा बसेको मान्छेलाई के औडाहा भयो भने ऊ कोरोनासँग नै डराउन छोड्यो । मान्छेलाई के अनुभूति भयो भने यो कोरोना त मुख्य कुरा हैन रहेछ, मेरो मुक्ति चाहि मुख्य कुरा रहेछ भनेर फुकेको गोरु जसरी स्वतन्त्रता मनाउँदैछन् । अहिले मान्छे त्यो अवस्थामा आइपुगेका छन् ।


मान्छेको व्यवहार परिवर्तनका लागि राज्यका तर्फबाट कुनै नीति पनि अख्तियार गर्न सकिन्छ कि ? 

मिडिया, प्रहरी, जनप्रतिनिधिबाट जनचेतना जगाउने कुरा आउनुपर्छ । राजनीतिक दलले आफ्ना कार्यकर्तामार्फत पनि जनचेतना जगाउन सक्छन् । सर्वत्र पुगेर जनचेतना जगाउँदै कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने हो भने सङ्क्रमण फैलिन कम गर्न सकिन्छ ।


तपाईं एकजना मनोविश्लेषकको रूपमा नेपालमा कोरोना सङ्क्रमण फैलिन सुरु गरेदेखि हालसम्म मानिसहको मनस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

काठमाडौँमा पहिले एउटा दुइटा सङ्क्रमण भेटिँदा मानिसमा त्रास भयो । त्यो त्रासको स्थिति बढेर मानिसमा एन्जाइटी डिस्अर्डर नै भयो । मानिसहरूमा धेरै घबराहटको स्थिति पैदा भयो । लकडाउन खोलिसकेपछि बाटामा मानिसहरूको थेग्नै नसकिने भीड बढ्यो । घरमा बस्दा बस्दा मुडा खराब भए, घबराहटहरू बढ्यो, तनाव, दिग्दारीहरू बढे । मानिसमा बेचैनी र तनाव उच्च तहमा पुगेपछि सरकारले लकडाउन खोलिदियो । घाँटी थिचेर बसेको मान्छेलाई एकैचोटि घाँटी खोलीदिँदा कस्तो हुन्छ ? तनावले विक्षिप्त भएर घरमा बसेको मान्छेलाई के औडाहा भयो भने ऊ कोरोनासँग नै डराउन छोड्यो । मान्छेलाई के अनुभूति भयो भने यो कोरोना त मुख्य कुरा हैन रहेछ, मेरो मुक्ति चाहि मुख्य कुरा रहेछ भनेर फुकेको गोरु जसरी स्वतन्त्रता मनाउँदैछन् । अहिले मान्छे त्यो अवस्थामा आइपुगेका छन् । केही मानिस सचेत छन् तर धेरैले आफ्नो व्यक्तिगत खुसीलाई बढी प्राथमिकतामा राखेर हिँडेका छन् । मानिस बढी खुसी केन्द्रित हुनु पनि सङ्क्रमण बढ्नुको आधार हो । सङ्क्रमणले के असर गर्छ र भन्ने मुडमा हिँड्नु पनि यसको कारण हो ।

कोरोना सङ्क्रमणपछि रोजगारी गुमाउने, व्यपार व्यवसाय धराशायी भएर आत्महत्या गर्नेको सङ्ख्या पनि बढेको छ । आत्महत्या रोकथामका लागि विभिन्न पक्षहरूको कस्तो भूमिका हुनुपर्छ ?

परिस्थिति सामान्य भएको बेला आत्महत्याको दर पनि घटेको हुन्छ । जब डरलाग्दो अवस्थामा आइपुग्यो खुसी, रमाइलो, आनन्दको अवस्थामा कमी आयो । टिक्न सक्ने सामाजिक परिस्थितिको अवस्था अप्ठ्यारोमा आयो । माहामारी, प्रकोप, बाढी, पहिरो, विभिन्न आतङ्कवादी हमला, समाजमा त्राही त्राही बढेको बेला आत्महत्याको दर पनि बढ्ने हुन्छ । त्यसकारण के बुझ्नुप¥यो भने आत्महत्या भनेको मनोपीडाको उपज हो । आत्महत्या मानसिक समस्याको कारणले हुन्छ । ९५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारणले हुन्छ । त्यसमध्ये ६० प्रतिशत चाहिँ डिप्रेसन मानसिक समस्याका कारणले हुनेगर्छ । त्यसकारण आत्महत्याको विचार आउँछ, यो चाहिँ एउटा समस्या हो । यो आत्महत्याको विचार केही समयपछि आफै हट्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । मेरो बच्चा, मेरो आफन्त, मेरो बुबाआमालाई मनमा के आइरहेको थाहा दिनुपर्छ । मानसिक रोग टिक्न नसक्ने समस्या एड्जस्टमेन्ट डिस्अर्डर अथवा दिक्दारीपन वा डिप्रेसन छ भने पनि आत्महत्या सहजगताका साथ आएको हुन्छ । उसले गरेको मनको पीडा, दिग्दारीको कुरालाई सुनिदिएन, ह्या के भन्छ भनेर उडाइदियो भने उसले भित्रभित्रै योजना बनाउन थाल्छ ।


जस्तो नेपालमा २२ सय जना मरे भने कतिलाई मर्न मन लागिरहेको होला । कतिलाई डिप्रेसन भएको होला ? यसरी हेर्ने हो भने त्राही त्राहीको अवस्था छ । एकदम असहज स्थिति छ । मान्छेलाई धेरै गाह्रो भइरहेको अवस्था छ । परिवारले पीडितका भनाइहरू सुनिदिने, काउन्सेलिङमा लगिदिने, डिप्रेसनको औषधिहरू चलाइदिने, परिवारको साथ सहयोग भयो भने कमी हुन्छ ।


एक जनाले आत्महत्या गर्छ भने २० जनाले प्रयास गरेका हुन्छन् । २० जनाले प्रयास गरेको ठाउँमा १ सय जनाले योजना बनाएको हुन्छन् । १ सय जनाले योजना बनाएकोमा ६ सयले मर्न पाए आनन्द हुन्थ्यो भनेर बसेका हुन्छन् । मर्न पाए हुन्थ्यो भन्ने ६ सय जना हुँदा २० हजार डिप्रेसन पीडित हुनेगर्छन् ।

जस्तो नेपालमा २२ सय जना मरे भने कतिलाई मर्न मन लागिरहेको होला । कतिलाई डिप्रेसन भएको होला ? यसरी हेर्ने हो भने त्राही त्राहीको अवस्था छ । एकदम असहज स्थिति छ । मान्छेलाई धेरै गाह्रो भइरहेको अवस्था छ । परिवारले पीडितका भनाइहरू सुनिदिने, काउन्सेलिङमा लगिदिने, डिप्रेसनको औषधिहरू चलाइदिने, परिवारको साथ सहयोग भयो भने कमी हुन्छ ।

कोरोना सङ्कट सुरु भएपछि नेपालमा यस किसिमको अवस्था कस्तो पाउनुभएको छ ?

यो आफूले थाहा नै नपाई मुड खराब हुन्छ । आफूले थाहा नै नपाई शङ्का लाग्छ । छट्पटिने, बेचैन हुने, घबराहट हुने जस्ता कुराहरू आफै हुने गर्छ । सोचेर, चाहेर दुःखी भएको हुँदैन । त्यसको कारण अहिलेकै जस्तो असज परिस्थिति, आर्थिक सङ्कट, रमाइलो, काम, जागिर, बच्चालाई स्कुल जान पाएको छैन । त्यही छटपछि, पढ्नको कारणले छटपटी हैन, त्यो कलेज स्कुल त खुसी हो । साथी खुसी हो, तपाईं हाम्रो अफिस खुसी हो । महिलाका लागि आफन्त, साथीसङ्गी, माइत खुसी हो । बूढापाकाका लागि वरिपरिको चौर, साथीभाइ नै खुसी हो । त्यो खुसी छिनेपछि मनोपीडा बढ्छ अनि आत्महत्या गर्छ । खुसी बढाउनका लागि रणनीति अख्तियार गर्नुप¥यो, यही खुसी हुन नसकेर मान्छेलाई असहज छ, गाह्रो छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.