शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा एक युवकको घाँटी काटेर हत्या

आइतबार, ३२ साउन २०७७, ०९ : ५४
आइतबार, ३२ साउन २०७७

रौतहट – रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । 

जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय  युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो । 

चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । 

आज बिहान ६ बजे स्थानीयको खबर अनुसार जिंगडिया गाउँ भन्दा करिब ३ सय मिटर पर चौरमा शव बरामद भएको छ । 

प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए । 

अहिले घटनास्थल प्रहरीले सुरक्षित बनाएर अनुसन्धानको लागि तालीम प्राप्त कुकुर मगाईँदैछ  डिएसपी महतोले बताए । 

घटनास्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको घाँटी रेटेर हत्या गरेको हुनसक्ने डिएसपी ज्ञानकुमार महतोले आशंका व्यक्त गरेका छन् । 

घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने डिएसपी महतोले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप