मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

धोनीले आफ्नो विवाहको कसैलाई छनकसमेत दिएका थिएनन्, यस्तो छ प्रेम कथा

आइतबार, ३२ साउन २०७७, ०९ : ५५
आइतबार, ३२ साउन २०७७

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । महेन्द्र सिंह धोनीले इन्स्टाग्राम पोस्ट गरेर अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । आफ्नो इन्स्टाग्राम पोस्टमा धोनीले प्रशंसकलाई धन्यवाद दिँदै आज बेलुका ७ बजेर २९ मिनेटपछि मलाई अवकाशप्राप्त बुझ्नुहोस् ।

धोनीले यसअघि पनि ठूलो मौनताबीच आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिँदै मानिसहरुलाई चकित पार्दै आएका छन् । वनडे र टी–२० को कप्तानी छोड्नु होस् वा टेस्टबाट सन्सास लिनु होस्, धोनीले यस्ता थुप्रै निर्णयले मानिसहरुलाई छक्का पारेका छन् । धोनीको नीजि जीवन पनि यसको अपवाद होइन ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन् २०१० को जुलाई ४ मा साक्षी सिंह रावतसँग चुपचाप विवाह गरे र आफ्ना सबै प्रशंसकलाई सरप्राइज दिए । धोनी र साक्षीले देशरादूनमा विवाह गरेका थिए ।

धोनीले विवाह गरेको १० वर्ष बितिसकेको छ । धोनी धेरैजसो आफ्नी छोरी जिवासँग तस्बिर र भिडियो सेयर गरिरहन्छन् । धोनील साक्षीसँग विवाह गर्नै लाग्दा पनि कसैलाई यसको छनकसमेत लाग्न दिएका थिएनन् ।

धोनी अहिले पनि आफ्नो नीजि जीवनबारे धेरै खुलेर कुरा गर्दैनन् । यी दुईको विवाह पनि निकै चुपचाप तरिकाले गरिएको थियो । धोनी र साक्षीको विवाहमा थोरै मानिसहरुको मात्रै उपस्थिती थियो ।

साक्षीसँग विवाह भएपछि माहीको करियरले पनि गति लिँदै गयो जसका कारण मानिसहरुले साक्षीलाई धोनीको ‘लेडी लक’ पनि भन्दै आएका छन् ।

धोनी र साक्षीबीचको प्रेम युवावस्थामा भएपनि उनीहरु बीचको पहिचान निकै अघिदेखि थियो । धोनी र साक्षीका पिता रांचीमा एकै कम्पनीमा काम गर्दथे । दुई परिवारबीच आउजाउ थियो । यतिमात्र होइन, यी दुई एउटै स्कूलमा पढ्दथे । पछि साक्षीको परिवार देहरादून सिफ्ट भयो जहाँ उनका हजुरबुवा पहिले देखि नै बस्दथे । त्यसपछि थुप्रै वर्षसम्म यी दुईको भेट भएन न नै उनीहरुबीच कुनै प्रकारको सम्पर्क भयो ।

तर भाग्यको खेल । थुप्रै वर्षपछि यी दुईको भेट कोलकाताको ताज बंगाल होटलमा भयो जहाँ भारतीय क्रिकेट टिम बसेको थियो । यो सन् २००७ को नोभेम्बर–डिसेम्बर तिरको कुरा हो ।

साक्षी यो होटलमा इन्टर्न थिइन् । दुबैको भेट साक्षीका म्यानेजरले गराए । जुन दिन यी दुईको भेट भयो त्यो दिन साक्षीको त्यो होटलमा अन्तिम दिन थियो । साक्षी गएपछि धोनीले म्यानेजरसँग उनको नम्बर मागे र उनलाई मेसेज गरे ।

सुरुमा त साक्षीलाई लाग्यो कि धोनी उनीसँग ठट्टा गरिरहेका छन् तर पछि उनलाई थाहा भयो कि उनी भारतीय क्रिकेट टिमका कप्तान हुन् । त्यसपछि यी दुईबीच कुराकानी सुरु भयो र लगभग २ महिनापछि मार्च सन् २००८ मा दुबैले एक–अर्कालाई डेट गर्न सुरु गरे । त्यस वर्ष साक्षी धोनीको जन्मदिनको पार्टीमा पनि पुगिन् ।

३ जुलाई सन् २०१० मा देहरादूनको एक होटलमा दुबैले इन्गेजमेन्ट गरे । त्यसपछि सन् २०१० को जुलाई ४ मा देहरादून नजिकै विश्रान्ति रिसोर्टमा यी दुईको विवाह भयो । यी दुईको विवाहमा थुप्रै खेलाडी र बलिउड स्टार समावेश भए । फेब्रुअरी ६ २०१५ मा दुबै एक छोरीका आमा–बुवा भए । छोरीको नाम जिवा हो ।

धोनी एक राम्रा क्याप्टेनमात्रै नभई एक आदर्श पति र पिताको सफल भूमिका निर्वाह गरिरहेका छन् । साक्षीको इन्स्टामा जुन फोटो, भिडियो सेयर हुन्छन्, कम्तीमा त्यसबाट यो कुरा पुष्टि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप