धरौटी रकम नबढाउन सरकारलाई म्यानपावर व्यवसायीको दवाब

काठमाडौं–म्यानपावरहरुलाई धरौटी रकम बढाउने प्रस्तावित मस्यौदा फिर्ता नगरेसम्म वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन जारी रहने बताएका छन् । सरकारले प्रस्तावित प्रावधानमा धरौटी रकमलाई रु ३० लाखबाट बढाएर एक करोड बनाउन लागेको छ ।
श्रम मन्त्रालयले संशोधनका लागि तयार गरेको मस्यौदा प्रति व्यवसायीले चर्को विरोध जनाएका छन् । वैदेशिक रोजगार क्षेत्रका बेथिती हटाउन श्रम मन्त्रालयले चालेको मस्यौदा तयार गरेको छ । प्रस्तावित मस्यौदा अनुसार पारित भएमा वैदेशिक रोजगार क्षेत्रमा थप समस्या आउने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले ठोकुवा गरे ।
वैदेशिक रोजगार व्यवसायीले सात लाख नगद र २३ लाख बैक जमानी गरि रु ३० लाख धरौटी राख्नुपर्ने प्रावधान रहेको छ । वैदेशिक रोजगार विभागमा मस्यौदा फिर्ताका लागि आन्दोलनलाई थप कार्यक्रमका लागि आन्तरिक छलफल भईरहेको गुरुङले बताए । मंगलबार व्यवसायीले वैदेशिक रोजगार विभागमा धर्ना दिएका थिए ।
प्रस्तावित प्रावधानले व्यवसायीलाई अझ बढाउने गुरुङले दावी गरे । एकल स्वामित्वमा संचालित म्यानपावरले धरौटी रकम पु–याउन पार्टनर खोज्ने हुनाले कम्पनीमा डाइरेक्टर थपिन्छ । उनले भने –एकै कम्पनीमा धेरै डाईरेक्टर हुनसक्छन् । उनिहरुले लगानी उठाउन प्रयत्न गर्ने कारण ठगि बढ्ने बताए ।
पुर्व श्रम मन्त्री दिपक बोहराको समयमा व्यवसायी र सरकारी पक्षले तयार गरेको मस्यौदालाई अध्ययन नै नगरि हचुवाका भरमा श्रममन्त्रालयले एकतर्फी मस्यौदा ल्याएको बताउदै संघले ३० लाखबाट धरौटी थप्न नसकिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला
-
राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
-
परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति
-
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो