मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा भदौ ७ सम्म निषेधाज्ञा जारी

शनिबार, ३१ साउन २०७७, २२ : ४८
शनिबार, ३१ साउन २०७७

रौतहट । रौतहटमा भदौ ७ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ । शनिबार स्थानीय प्रशासनले निषेधाज्ञाको समय ७ दिन थप गर्दै भदौ ७ गतेसम्म पुर्याएको हो । रौतहटका सिडियो ईन्द्रदेव यादवको अध्यक्षतामा शनिवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिएको हो । यसअघि साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

कोभिड १९ बाट संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको र संक्रमणको जोखिमको सम्भावना समेत उच्च रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले अगामी भदौ ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको सिडियो यादवले जानकारी दिए ।

निषेधाज्ञा थप गरिएको अवधिमा नागरिकको सहजताको लागि भदौ १ गते, ३ गते र ५ गते बिहान ६ बजेदेखि ९ बजे सम्मसर्तसहित अत्यावश्यक खाद्यान्न पसल खोल्न निर्देशन दिइएको छ । पसल र उपभोक्ताले अनिवार्य मास्क, सेनिटाईजर तथा पञ्जाको प्रयोग गर्नुपर्ने, भौतिक दुरीको ब्यवस्था मिलाउनुपर्ने पनि  बैठकले निर्णय गरेको छ ।

निर्णयको बेवास्ता गर्नेलाई संक्रामक रोग एन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप