केन्द्रीय संस्करण

सुनसरीमा एक युवकको हत्या

person explore access_timeसाउन ३१, २०७७ chat_bubble_outline0

सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका –७ का एक युवकको हत्या गरिएको छ । बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

यादवलाई हत्या गरेर हातखुट्टा डोरीले शव बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा –९ र भोक्राहा नरसिंह गाउँपालिका–५ को सीमामा रहेको सुनसरी खोलामा फ्याँकिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।  हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.